काठमाडौं—प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भेट गरेका छन्।

सर्वोच्च अदालत पुगेका आईजीपी कार्की र प्रधानन्यायाधीश शर्माबीच करिब ४० मिनेट छलफल भएको थियो। भेटमा न्यायाधीशको सुरक्षा चुनौतीलगायत विषयमा कुराकानी भएको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएपछि सर्वोच्च अदालतको फुलकोर्टले सुरक्षा चिन्ता जनाउँदै विज्ञप्ति जारी गरेको थियो। त्यसपछि आईजीपी कार्की सर्वोच्च अदालत पुगेका हुन्।