काठमाडौं/ अझै केहि दिन देशका अधिकांश स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । 

अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उनले बताएका छन् । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरी बताससहित पानी पर्नेछ । बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ ।