भरतराज शर्मा(गोपाल)

धरान, १४ मंसिर । धरानमा स्तानीय तहको मेयर र एक वडा अध्यक्ष पदका लागी भएको उपनिर्वाचन शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको छ ।
धरानमा कुल मतदाताको ५५ प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

विहान ७ वजे देखि सुरु भई साझँ ५ वजेसम्म गरेको मतदान पश्चात अबको केही बेलमा मुख्य निर्वाचन कार्यालयमा मतपेटिका लाने कार्य गरिने छ ।
स्थानीय स्तरमा धरानमा नै सबै मतपेटीकाको बुथ नजिकै भएकाले आजै नै मुख्य निर्वाचन कार्यालयमा आइपुग्ने र सम्भवत आजै बेलुका ७ बजेबाट सर्वदलिय बैठक बसेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
मत गणना सुरक्षित ढंगले गरिनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यलय धरान १५ ले सबै तयारी पुरा गरिसकेको जनाएको छ ।