धरान । धरानमा भएकाे उपनिर्वाचनमा ४ वटा वडाकाे मत गणना सम्पन्न हुँदा नेकपा ५७ मतले अगाडी छ । वडा नं. १७, १८, १९ र २० काे मत गणना सक्दा नेकपाका प्रकाश राइले ४५७४ र नेपाली कांग्रेसका तिलक राइले ४५१७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ९८५१ मत गणना सम्पन्न भइसकेकाे छ । संघिय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अमर इजमले १६४, समाजवादी पाटीका गजेन्द्र लिम्बूले १४३, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५४ र १८२ मत बदर भएकाे छ ।