काठमाडौं, २१ पुस । बाहिर भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नाराबाजी चलिरहेका बेला कांग्रेस नेता रामचन्द्र पौडेल समूहका सभापतिहरूको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।

भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सामेल हुने बताइए पनि उनको पक्षका सभापतिहरु भने अहिलेसम्म देखिएका छैनन् । सिटौला आफैं हाल धनकुटामा रहेकाछन् ।

सभापति शेरबहादुर देउवाले गरेका केही निर्णयहरु सच्याउन दबाब दिन पौडेल समूहले सभापति भेला बोलाएको हो । देउवाले केन्द्रीय कार्यसमितिको बहुमतले महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि देउवालाई दवाव दिन पौडेल समूहले जिल्ला सभापतिहरुको भेला आयोजना गरेको हो ।

भेलामा नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, बलबहादुर केसी, रामशरण महत, अर्जुननरसिंह केसी, हृदयराम थानीलगायतको सहभागिता छ ।
यस्तो छ पौडेल–सिटौला समूहका जिल्ला सभापतिहरुको सूची
१. लिलादेवी बोखिम(सभापति, ने.का., ताप्लेजुङ्ग
२. नरेन्द्र कुमार केरुङ्ग (सभापति, ने.का., पाँचथर
३. हिमालय कर्माचार्य (सभापति, ने.का., इलाम
४. उद्धव थापा (सभापति, ने.का., झापा
५. दिपन कुमार श्रेष्ठ (सभापति, ने.का., संखुवासभा
६. गोविन्द ढुङ्गाना(सभापति, ने.का., तेह्रथुम
७. नन्दमणी राई(सभापति, ने.का.,भोजपुर
८. अग्नि प्रसाद पौडेल(सभापति, ने.का.,धनकुटा
९. राजिव कोइराला(सभापति, ने.का., सुनसरी

१०.बालकृष्ण घिमिरे( सभापति नेका,  पूर्वी नवलपरासी

११. बिनोद कुमार बस्नेत(सभापति, ने.का., सोलुखुम्बु
१२. नरेश कुमार श्रेष्ठ (सभापति, ने.का., खोटाङ्ग
१३. उज्जल प्रसाद बराल (सभापति, ने.का., सिन्धुली
१४. विकास लामा (सभापति, ने.का., सिन्धुपाल्चोक
१५ मधु आचार्य (सभापति, ने.का., काभ्रेपलान्चोक
१६. कृष्ण (सवुज) बानिया (सभापति, ने.का., काठमाडौं.
१७. जगदिश्वर नरसिंह के.सी., (सभापति, ने.का., नुवाकोट
१८. रमेश धमला (सभापति, ने.का., धदिङ्ग
१९. जित नारायण श्रेष्ठ (सभापति, ने.का., चितवन
२०. भेष बहादुर पौडेल (सभापति, ने.का., लम्जुङ्ग
२१. याङ्गजिङ्ग विष्ट (सभापति, ने.का., मुस्ताङ्ग
२२. खम्बहादुर गर्बुजा (खम्बिर) (सभापति, ने.का. म्याग्दी
२३.भुवन प्रसाद श्रेष्ठ (सभापति, ने.का., गुल्मी
२४. वीर बहादुर राण (सभापति, ने.का., पाल्पा
२५. बिष्णु प्रसाद खनाल मुस्कान (सभापति, ने.का., अर्घाखाँची
२६.सुरेन्द्र राज आचार्य (सभापति, ने.का., कपिलवस्तु
२७. अमर सिंह पुन (सभापति, ने.का., रोल्पा
२८ अमर प्रसाद भण्डारी (सभापति, ने.का., प्यूठान
२९. गणेश चन्द (सभापति, ने.का., सल्यान
३०. किरण कोइराला (सभापति, ने.का., बाँके

३१. सञ्जय गौतम (सभापति, ने.का., बर्दिया
३२. केशरमान रोका (सभापति, ने.का., रुकुम पुर्व
३३. दिपक बहादुर शाही (सभापति, ने.का., जुम्ला
३४. हर्ष बहादुर बम (सभापति, ने.का.कालिकोट
३५.दिपक जंग शाह (सभापति, ने.का., जाजरकोट
३६. प्रेम प्रकाश वली (सभापति, ने.का., रुकुम पश्चिम
३७.कृष्ण कुमार वि.सि (सभापति, ने.का., दैलेख
३८. कमलराज रेग्मी (सभापति, ने.का., सुर्खेत
३९.ललित सिंह बोहोरा (सभापति, ने.का., दार्चुला
४०. कर्ण बहादुर मल्ल (सभापति, ने.का., डडेल्धुरा
४१. नरेन्द्र थापा, सभापति नेका, बैतडी
४२. खड्ग बहादुर शाही, सभापति नेका मुगु

सानेपामा नेविसंघको अनसन
३२ वर्ष नकटेको नेतत्व माग गर्दै नेपाल विद्यार्थी संघको एउटा समूह नेपाली कांग्रेसको कार्यालय सानेपामा अनसन बसिरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राजीव ढुङ्गानालाई नेविसंघको सभापति बनाउने तयारी गरेका छन् । त्यही सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समूले २० दिनदेखि रिले अनसन बसिरहेको छ ।

भेलाका लागि जिल्ला सभापतिहरु पार्टी कार्यालय पुग्दा विद्यार्थी नेताहरुले भने असक्षम नेतृत्व चाहिँदैन, बहुमतको दम्भले पार्टी अब चल्दैन भन्दै नाराबाजी गरेका छन् ।