इटहरी ,१० माघ । जनता बहुमुखी क्याम्पसमा मनोज कोइरालाको अध्यक्षतामा ७३ सदस्यीय अनेरास्ववियूको कक्षा कमिटी गठन भएको छ । बिबिएस सेक्सन "बि" को आज गठन भएको कमिटीमा उपाध्यक्ष निशान चौलागाईं , सचिव अंकित भट्टराई ,सहसचिव सबिना लामिछाने ,कोषाध्यक्ष दुर्गा गौतम लगायत सदस्यहरु रहेका छ्न ।
कमिटीमा आबद्ध सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाइ अनेरास्ववियूले स्वागत साथै बधाई ज्ञापन ब्याक्त गरेको छ । क्याम्पस कमिटी अध्यक्ष किरण बिष्टको सभपतित्वमा भएको सो कार्यक्रममा अनेरास्ववियु सुनसरी संयोजक जिबि गजलको प्रमुख आतिथ्यमा रहेको थियो भने अन्य अतिथिहरु सुनसरी अखिलका जिल्ला नेताहरु रोसन रेग्मी र अर्जुन पौडेल लगायतका नेताहरूको आतिथ्य रहेको थियो ।
संगठन बिस्तार अभियानको क्रममा बिहिवार संघीय समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसका कक्षा कमिटी अध्यक्ष उमेस धिमाल अनेरास्ववियुमा प्रवेश गरेका छ्न ।
























