बेलबारी, १६ माघ । सहिद दिवसको अवसर पारेर सहिद स्मृति आधारभुत बिधालय बेलबारीले १३ औं बार्सिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । एक कार्यक्रमका विच प्रदेश न. १ का माननीय सांसद राजकुमार ओझाको प्रमुख आतिथ्यतामा बार्सिक उत्सव सम्पन्न भएको हो ।
विधालय व्यवस्थापन समितीका अध्यक्ष पदम कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की विशिस्ट अतिथि रहेका थिए । प्रमुख अतिथि ओझाद्वारा सहिदहरुको तस्वीरमा माल्यार्पण गरि कार्यक्रम उद्घाटन गरिएको थियो । उक्त अवसरमा विभिन्न जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने गायक सन्जिव धिमालको गायन तथा अन्य कलाकारको नृत्य प्रस्तुति समेत राखिएको थियो ।
कार्यक्रममा बोल्दै सांसद ओझाले राष्ट्रका निम्ति सहादत प्राप्त गर्नुहुने सबै सहिदहरु प्रती सम्मान सद्भाव व्यक्त गर्नुभयो । सहिदहरुको बलिदान राष्ट्रको परिवर्तनको खातिर भएका कारण कसैले सहिदहरुको संघर्ष र भावना भुल्न नहुने ध्यानाकर्षण गराउनुभयो ।
स्थानीय सरकार, संघ संस्था, समाजसेवी एवम् बुद्धिजिवि सबै मिलेर सहिदको स्मृतिमा संचालित उक्त बिधालयको बिकास तथा संरक्षणमा सोच्नुपर्ने व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले सामुदायिक बिधालयको स्तरोन्नति र बिकासका निम्ति दिएको विभिन्न सुबिधाहरुमा यस्ता बिधालयहरुलाई पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । वि.स. २०६३ सालमा स्थापना भएको उक्त स्कुल बेलबारी १ मा अवस्थित छ ।





















