बेलबारी । नेपाली काँग्रेसले करिब १ महिना अघि  कम्युनिस्ट मुक्त घोषणा गरेको गाउमा नेकपाले टोल कमीटी गठन गरेको छ ।

नेपाली काङ्ग्रेसका महासमितिका सदस्य सुनिल शर्माले बेलबारी नगरपालिका वडा नम्बर ९ को बैराखुनी टोललाई कम्युनिष्ट मुक्त टोल घोषणा गरेका थिए ।  तर यो घोषणा गरेको १ महिना पनि नबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजन श्रेष्ठको अध्यक्षतामा ५० सदस्यीय टोल कमिटी गठन गरेको हो ।

टोल कमिटी गठन कार्यक्रममा २ सय भन्दा बढी जनसमुदायहरुको सहभागिता रहेको थियो । तत्कालीन नेपाली काँग्रेस डाँगीहाट गाविस नगर सभापति बद्रि मण्डलको टोलमा नै नेकपाले यो टोल कमिटी गठन कार्यक्रम गरेका कारण काँग्रेसलाई भने असर परेको छ । । सरसफाई कार्यक्रम आयोजना गरेको भनी कार्यक्रममा आउनेहरुलाई स्वागत गरी अविर लगाइएको थियो । एक स्थानीय महिलाले भनिन्, ‘भरै पार्टी प्रवेश गरेको भनी हल्ला फैलाएछन् ।

’ शर्मा सहित काँग्रेसका केही नेताहरुले कम्युनिष्ट मुक्त टोलको घोषणा गर्दै पार्टी प्रवेश गराएको प्रति असुन्तष्ट व्यक्त गरेका छन् । सो कार्यक्रममा नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी, वडाअध्यक्ष नगेन्द्र खड्का, डाँगीहाट गाविसका पूर्व अध्यक्ष राजकुमार बस्नेत, बेलबारी नगरपार्टी सदस्य गणेश अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उज्यालो प्रदेशबाट