बद्री अर्याल / राजेन्द्र कार्की
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ बि.सं.२०२७ फागुन ११ गते भोजपुरको विकट गाउँ थिदिङखा ५ पसलभन्ज्याङ हालको आमचोक गाउपालिका ३ मा बुवा जागीरमान र आमा राम्रीमाया राइबाट सामन्य परीबारमा जन्मेका हुन । उमेरको १७ बर्षदेखिनै राजनीतिमा लागेका उनी २०४४ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक जीवन शुरुगरेका थिए ।
त्यतिखेर एमालेको खम्बाको रुपमा परिचीत थिए। अखिलको प्राकबाट राजिनिती गरेका राई जिल्ला अध्यक्ष,केन्द्रिय सदस्य समेत हुँदै पुर्वाञ्चल प्रमुखको कुशल राजनीतिक भुमिका निर्वाह गरेको अनुभब छ।२०४९र ५० सालमा अनेरास्ववियु भोजपुपरको जिल्ला कमिटी अध्यक्ष २०५०मा अखिलको केन्द्रिय सदस्य हुँदै २०५३सालमा पुर्वाञ्चल प्रमुख समेत भए।
२०४७ सालमा एमाले पार्टीको संगठित सदस्यता लिएका राई त्यतिखेर नेकपाको बैकल्पिक पोलिटब्युरो समेत भए । २०४९ सालमा नेकपा एमाले भोजपुरको जिल्ला सदस्य भएका राई २०५१ सालमा दोश्रो जिल्ला सम्मेलनबाट सचिवालय सदस्य भए । त्यस्तै जिल्ला कमिटीको उपसचीव भएको बेला पार्टी बिभाजन पश्चात् एमालेमा सचीव भए अधिकांस नेता कार्यकर्ताहरु मालेमा गएपछि बिचारामा गएको एमालेको नेतृत्व सम्हाले।
त्यसपछि राइले पार्टि एकिकरण भएपछि पनि २०५४ सालदेखि राइले २०७० साल सम्म निरन्तर ४ कार्यकाल भोजपुरको नेतृत्व सम्हाले । २०७० सालमा एमालेको बैकल्पिक केन्द्रिय सदस्य मा मनोनीत भए। २०७१ सालमा भएको एमालेको नवौ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भए ।बैकल्पिक पोलिटब्युरो सदस्य समेत भए हाल नेकपाको १ न प्रदेश सह इन्चार्ज समेत छ्न । राई हाल सम्म अविबाहित छ्न । पार्टी सदस्य लिए यता पुरै बर्षहरु राजनीतिमै जीवन समर्पण गरेको राई १ दर्जनभन्दा बढी देशहरू भ्रमण गरेका राई राजनीतिलाई सेवाको रुपमा मान्दछ्न ।
समकालीन राजनीतिमा उनी इमानदार, निष्ठावान नेताको रुपमा स्थपित छ्न ।सम्बिधान विघटन संगै एकल पहिचानको बिषयलाइ लिएर अशोक राइहरु २०६९ सालमा बाहिरिन लाग्दा राइले त्यो कदमलाई हरदम रोक्ने प्रयास गरे कतिपय सम्म पनि त्यो बेला २४ जिल्ला मा एमालेको नेतृत्वका जनजार जिल्ला अध्यक्षहरुको नेतृत्व गरेर अशोकराई हरु संग जानबाट पटक पटक छलफल चलाए ।उनको त्यो पहल कदमिले एमालेलाइ ठूलो क्षतिहुनबाट बचाए। उनले त्यो बेला खेलेको संन्तुलित भुमिकाले राष्ट्र,अन्तर्राष्ट्रिय स्तरमा मा ठुलै चर्चा पाएको थियो।थियो भने उक्त भुमिकाले राजनीति मा ठुलो तरंग पैदा गरेको थियो एकल जातीय पहिचान को मुद्दा छ्यापछ्याप्ती भएको बेला आफ्नो राजनीति दाउमा राखेर आफ्नो बहुपहिचान मुद्दालाइ राखेका थिए।
अन्तत पहिचानको मुल मुद्दामा गएका ठुला शक्ति नेपाली कांग्रेस ,एमाले ठुलो दलको रूपमा स्थापित भए पार्टी लाई बचाउन २०५४ सालमा या २०६९ सालमा उनले खेलेको महत्वपूर्ण भुमिका आज पनि अविस्मरणीय छ।त्यतिखेर पनि आफुलाइ एमालेको सिपाही भन्न रुचाउने राई जब पार्टीमा बिभाजन र संकट आइपर्छ त्यतिखेर आफुलाइ सत्तीससाल झै उभ्याउने गरेका छ्न ।उनले पार्टी नेतृत्वमा जिल्ला तथा केन्द्रमा गलत बिचार प्रवृत्तिबाट गलत बिचार प्रवृत्तिको विरुद्ध वकालत गर्दै आएका छ्न ।भोजपुर जिल्लामा रहदा उनले साझा नेताको रूपमा छवि बनाएका थिए ।
त्यतीबेला जिल्लाको राजनीति मियोबिनाको दाइ झै बनिरहेको बेला उनको नेतृत्व र साझा छविको जिल्ला बासीले स्मरण गरीरहेका छ्न । नेपालमा १८ बर्ष भनेको सामन्यता नेपाली नागरिक्ता पाउने उमेर हो ।यो तिनै समय राइले संसदीय राजनीतिमा समय बिताएका थिए।२०५६ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनको मैदानमा पहिलो पल्ट चुनावी सभामा उत्रीएका थिए।त्यतेखेर एमाले र माले फुटेको अवस्थामा शेरधन राई एमालेको सुर्यध्वजा बाहक चुनाव चिन्हबाट बिजयी भएका थिए । जतिखेर गाउँ गाउमा टाउकोमा तारा चिन्हका फेटा बाहक मात्र मान्छेहरू भेटिन्थे यस्तो चुनौती पुर्ण अवस्थामा चुनाव जिते ।
भोजपुर क्षेत्र नम्बर २ बाट १८ हजार चारसय ४७ मतल्याएर जितेका उनी त्यतिखेर देशकै कान्छो सांसद रूपमा चिनिए।करीब ८ बर्ष पछि २०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमाओबादीका सुदन किराँती संग पराजित भए र फेरि चार बर्ष पछि भएको दोश्रो संविधान सभाको निर्वाचनमा उनै एमावोबादीका सुदन किरातीलाइ पराजित गरि बिजयी भए।२०७० सालदेखि शेरधन राइको राजनीति यात्राले उकालो चढ्ने तिब्रता छ ।
उनी २०७१ सालमा संसदको सुसासन तथा अनुगमन समितिको सभापति भए। पहिलो पटक गठन भएको यो संसदीय समितिको सभापति भएर शेरधनले राम्रो छाप छाड्न सफल भए त्यति बेला खेरी देश लोकमान कार्कीको आतंक ले भएभित भइरहदा तिनै कार्किलाइ आफ्नो कार्यकक्षमा उभ्याएर स्पष्टीकरण सोध्ने हिम्मत गरेका थिए ।२०७२ कार्तिक १९ गते सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारको प्रबक्ता भएका थिए ।
करीब नौ महिना मन्त्री रहादा उनी बिवाद रहित भएर बाहिरिए भने मिडिया र पत्रकारहरुको हितमा दिर्घकालिन काम गर्ने सफल भएका थिए। मंसिर १० मा भएको प्रदेश सभाको निर्वाचनमा भोजपुर २ बाट २० हजार तिनसय चौतिस मत प्राप्तगरी निर्वाचित भए । यो मत भनेको सरदर मतको ७१.२३ प्रतिसत हो उनी देश भरीमा बढी प्रतिसत मतल्याउनेमा पर्दछ्न ।
प्रदेश सभामा २०७४ साल माघ २६ गते संसदीय नेताको रुपामा निर्वाचित भए। उनी खेलकुद क्षेत्रमा राम्रो भलिबल खेलाडी पनि हुन । हाल उनी प्रदेश नम्बर १ को मुख्यमन्त्री छ्न ।यो भिडियो कर्मयोगी टिभीबाट लिइएको हो ।
हेर्नुहोस भिडियो




















