इटहरी,२४फागुन

सत्तारूढ नेकपा निकट अनेरास्ववियूले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष वेनोज अधिकारीको स्मरणमा उहाँलाई हत्या गरिएको स्थलमा गएर १८ औं स्मृति दिवस मनाएको छ।

received_712453355956869

वि.स.२०५८ फागुन २४ गते अनेरास्ववियू (क्रान्तिकारी) का तत्कालीन उपाध्यक्ष वेनोज अधिकारीलाई सुरक्षा फौजले मोरङ जिल्लाको खोर्सानेमा लगेर मुठभेडको नाममा हत्या गरेको थियोे । अधिकारीलाई फागुन २२ गते विराटनगरवाट नियन्त्रणमा लिएको २ दिनपछि हत्या गरेको थियोे ।

received_532284070998950

मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिकाको खोर्साने वजारको उत्तरमा रहेको बाघझोडा जंगलमा आज आयोजित श्रद्धाञ्जली सभामा वोल्दै अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले उक्त स्थानमा वेनोज स्मृति पार्क र सहिद प्रतिमा वनाउने घोषणा गरे । हाल अनेरास्ववियू नेता बस्नेतले वेनोजहरुको वलिदान विना मुलुकमा गणतन्त्र सहितको परिवर्तन सम्भव नहुने दावी गरे ।

कार्यक्रममा अनेरास्ववियूका नेताहरु मदन भट्टराई , भाष्कर खनाल , डम्वर अधिकारी , खगेन्द्र सुवेदी , जिशस न्यौपाने , ताजिम अन्सारी, सन्तोष घिमिरे , टेकेन क्षेत्री,मिलन बस्नेत सुकुना क्याम्पसका स्वबियु सभापति संतोष लिम्बु  लगायतको उपस्थिति रहेको थियो ।