प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्।

भारतीय पक्षले पनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले आफू पुनः नेपाल आउने चाहना व्यक्त गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

संयुक्त आयोग बैठकपछि मोदीले नेपाल भ्रमण गर्ने सम्भावना छ।