काठमाडौँ, २२ चैत ।
पछिल्लो समय सरकारको विरुद्धमा एक पछि अर्को गर्दै नियोजित रुपमा षड्यन्त्र गर्ने र सरकारलाई असफल बनाउन सत्तारुढ दल तथा विपक्षी दलहरु सपनामा समेत खेदो गर्ने प्रयास र सरकार माथि नियोजित प्रहार गरिरहेका छन् ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विरुद्धमा आम विश्व समुदाय नै एक भई अघि बढ्नुपर्ने बाध्यात्मक अवस्थामा हाम्रो देश नेपालमा भने त्यसको ठिक विपरित कार्यहरु भइरहेका छन् । सरकारले कोरोना भाइरसको संक्रमण्लाई राक्ने जनमुखी कदम चाल्न थाल्छ तर त्यसमा विरोधी तत्वहरुले योजनावद्ध रुपमा सरकार तथा सम्बन्धीत निकायलाई प्रहार गर्छ जसबाट नतिजा सोचे जति नआउन सक्छ । त्यसपछि सोही प्रहारकर्ताले नै भन्छन्, सरकार के हेरेर बस्दैछ ?
भनिन्छ ‘बाँदर आफ्नो घर पनि बनाउँदैन र अरुलाई बनाउँन पनि दिँदैन ।’ पछिल्लो समय यस्तै भएको छ, नेपालमा । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसले हजारौंको ज्यान लिई सकेको छ । लाखौं अस्पतालमा भर्ना भएका छन् । यसमा प्रभावकारी कदम चाल्न अपरिहार्य रहेको छ । तर नेपालमा भने विरोधी तत्वहरुले लास माथि राजनीति गर्ने धृणीत प्रयास भएको छ ।
सरकारले गल्ती गरेको भए संकटमा हैन, संकट समाधान भएपछि त्यसको कानुनी उपचार गर्ने पद्धति सुरक्षित छ । यस अर्थमा भ्रष्टाचार तथा अनियमितता गर्न पाउनुपर्छ भन्ने होईन । भ्रष्टाचारी भए सम्बन्धीत निकायले कानुनी कठघरामा ल्याई कानुनी उपचार गर्नुपर्छ तर पनि त्यसको समय आउँछ । ‘तातै खाँउ, जलि मरु’ भन्ने कार्य गर्नु कत्तिको उचित होला ?
महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्न, नियन्त्रण गर्न सवै राजनीतिक दल तथा आम नेपाली नागरिक एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प छैन ।
तसर्थ वर्तमान अवस्थामा जनतालाई सहज औषधि र उपकरण पुर्याउनु प्रमुख कुरा हो । अहिले नियोजित ढङ्गबाट केही मिडिया प्रयोग गरि सरकारलाई प्रहर गर्ने काम भएको छ । जुन कुरामा हाम्रै केही साथीहरु थप्पडी मारेर मज्जा लिदै हुनुहुन्छ । आज केही मन्त्रीलाई विवादमा ल्याउन खोजेर प्रधानमन्त्रीलाई घेराबन्दी गर्न खोजिएको छ ।
कोरोना सन्क्रमण रोक्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ । सरकारलाई दुई तिहाइ नजिकको जनमत छ र सबै जनताको साथ पनि छ । धमिलो पानीमा माछा मार्ने प्रयत्न अहिले केही तत्वले गरिरहेका छन । जुन कुरा को कुनै तर्क छैन । हिजो औषधि ल्यायेन भन्नेहरु औषधि महङ्गो भयो बज्न थाले फेरि तिनिहरु अहिले आर्मीको सम्लग्नतालाई प्रस्न गर्दै छन । बिपतमा सेना प्रहरी नागरीक प्रशासन नेता कार्यकर्ता सबै जिम्मेवार हुनै पर्छ ।
अब पनि केही दिन औषधि आउन ढिला हुदा झन भयङ्कर सङ्कट हुन सक्छ फेसबुके पन्डित हरु ले अहिले को आवश्यकता के भन्ने नसोच्नु दुर्भाग्य हो । म सबै नेपाली दाजुभाइलाई यो महामारीमा सरकारले तय गरेका हरेक कदमलाई साथ दिन र सामाजिक दुरि कायम गरि निरासाको अँध्यारोलाई उज्यालोमा परिणत गर्नुपर्छ । यसो भएमा कोरोनाको सङ्कटलाई तपाईं हाम्रो साझा मनोबल र एकताले नै परास्त गर्न सकिन्छ ।
यस्ता छन् युवा तथा वुद्धिजीविका धारणाहरु



