काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफुले कसैको नियुक्तिका लागि सिफारिस नगरेको बताएका छन् । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने खबर गलत हो ।
’ उनका सहयोगी विश्वमणी सुवेदीले फेशबुक मार्फत जानकारी दिँदै भनेका छन् ‘ सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।’
नेकपामा भित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीन वटा विचार समुह वनेको उनको भनाई छ । ‘यी समुहसंग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ । म समुहगत रुपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न ।
’ उनले भनेका छन् । तर ओली र प्रचण्डले भेट्न वोलाऊदा म जाने गरेको बताउदै सल्लाह सुझाव र राय पनि दिने बताएका छन् । ‘मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो ।’ उनले भने ।
हेर्नुहोस्, गौतमको खण्डन :
गलत मिडियाबाजीको खण्डन:
१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्री समक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सर्वत्र व्याप्त पारिएको छ । तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।
२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन वटा विचार समुह बनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समूहगत रूपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न बोलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।
३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। क . प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु। पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दैन । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)


