नेकपाको आन्तरिक राजनीतिक विवाद विधि र पद्दतिको हो भन्ने एकातर्फका नेताहरुको दावीको वावजुद अर्को पक्षले त्यसलाइ विधि र पद्दतिको विवाद नभएर पदीय हो भनेर आरोपित गर्न छोडेको छैन ।
आरोप प्रत्यारोपको दौरान जे जस्तो भनिएको सुनिएको भएपनि त्यसतर्फ नलागीकननै एउटा कुरा के भन्न सकिन्छ भने कुनै पनि पार्टी भित्र वहस र विवाद भए भने त्यसको समाधान आन्तरिक वैठक , छलफल र वहस मार्फतनै खोजिनु पर्छ , नेकपाको अन्तर पार्टी विवाद समाधान पनि अन्तत बैठकबाट नै टुंगो लाग्ने छ, त्यसैले विधि अनुसार वैठकबाट टुंगो लाग्नु पर्ने र लाग्ने विषयमा अहिलेनै खासै केहि नभन्दा नै राम्रो होला ।
तर नेकपाको आन्तरिक वहस र विवाद चल्दै गर्दा विधि र पद्दतिको पक्षमा लडेको दावी गर्ने पुष्प कमल दाहाल र माधव नेपाल समुहका समर्थक शुभेच्छुकहरुको तर्फबाट अत्यन्त सहनशीलता पुर्वक , आपसी सम्मानको आवश्यकतालाइ ध्यानमा राखेर बढो शालीन ढंगले आफ्नो मत राखिरहेको देखिन्छ ।
अर्कों पक्षबाट भैरहेको गालीहरुको वौछारको वावजुद , अनेकन आरोपहरुको वावजुद जुन सहनशिलता र शालीनता प्रकट भैरहेको छ त्यसले नेकपालाइ बिभाजन गर्न चाहनेहरुको सपनालाइ निस्काम मात्रै परेको छैन , त्यसको साथै त्यस समुहका नेताहरुको जिम्मेवारीपन र पार्टी एकता प्रतिको प्रतिवद्धताको पनि झलक दिएको छ ।
तसर्थ नेकपाका आदरणीय नेताहरु पुष्पकमल दाहाल , माधव नेपाल, झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ लगायत नेताहरुलाइ असल संस्कारको लागि धन्यवाद !
अनि विवादको अर्को पक्ष हुँ भन्ने दावी गर्दै आफुलाइ सम्माननीय प्रधानमन्त्री तथा नेकपाका श्रद्धय अध्यक्ष केपी ओलीको वफादार भए जस्तो देखाउँदै आफ्नै पार्टीका नेताहरु देखि गुट इत्तर कार्यकर्ताहरुलाइ गालिको वौछर गर्नेहरुलाइ असहमति र असन्तुष्टिको वावजुद सम्मानका साथ तर्क र वहसमा उत्रिने श्रद्धय केपी ओलीको शैलीबाट सिक्न अनुरोध छ । गाली र सत्तोसराप गरेर एकताको पक्षपाती हुन सकिंदैन भन्ने सवैलाइ हेक्का होस ।




















