कम्रेड केपि ओलि नेकपाको १ अध्यक्ष नेपाल सरकार प्रधानमन्त्रीले हिजो राम मन्दिर बनाउन निर्देशन दिनु भएको समाचार सुन्न पाईयो । नेपाल हिन्दुहरुको बहुल्यता भएको मुलुक हो हिन्दु देवि देवताहरु संग सम्बन्ध राख्ने मन्दिर बनाउनु पक्कै पनि गलत चै होइन ।

मन्दिर निर्माण गर्नु लाग्ने खर्च र भविष्यमा त्यसको मर्मत संम्भार तथा रेखदेखमा हुने खर्च र त्यसले राज्यको अर्थतन्त्रमा पार्ने असरको लेखा जोखा अहिले गर्न सक्नु चै राष्ट्र हितमा छ सानो सानो खर्चहरु जोडए पछि ठुलो खर्च अाउछ । मुलुक बिदेशी ऋणमा डुबेको अवस्था छ ।

अहिले कोरोनाको महामारी छ जनताले रोजगारी गुमाउँदै छन् । वालबालिका तथा ठुलो युवा पङ्ति पठन पाठन वाट बञ्चित छन् । मुलुकमा राज्यले जनतालाई स्वास्थ्य र शिक्षा राम्रोसँग दिन सकेको छैन शिक्षा विनाका जनताहरुवाट राष्ट्रवादी नेता छुट्टाउनु गाह्राे पर्छ अनि स्वस्थ नरहे ती जनताको जीवन शैली पिडादायी हुन्छ तिनलाई पनि राष्ट्रियताको अर्थ रहने छैन ।

कम्रेड ओलि (प्रधानमन्त्री ज्यू)
एउटा मन्दिर धेरै राम्रो कामहरु गर्ने छ तर पनि त्यहा माग्ने हरुको राम्रोसँग बिकास विस्तार गर्ने छ । हाम्रो देशमा सरकार देखि धेरै जनताहरु समेत भिन्न भिन्न प्रकृतिका स्थरका माग्नेहरु छन् अझै तिनको संख्या बढाउने काम नगरौ मन्दिर त एउटा ढुंङ्गालाई पुजा गरे पनि अात्म सन्तुष्टि मिल्छ हैन र मन्दिर केवल भावनासंग मात्रै जोडिएको हुन्छ तर गाउँमा सुत्केरी बेथाले पिरोलिएकी ती दिदी बहिनिलाई मन्दिरमा लगेर लडाए केही हुनेवाला छैन बरु त्यो रकमवाट तिनका लागि उपचारका निम्ति लडाउने अस्पताल बनाउ तिनका छोराछोरीलाई पढ्नु मुस्किल हुन सक्छ तिनका लागि स्कुल कलेज बनाउ त्यसले यो मुलुकलाई उन्नति गर्छ ।


वाल्मीकि विश्वविद्यालय बनाउ त्यसले संसार जित्ने छ कोरोना जस्तो मानव बिरोधि महामारी फैलाउने जिवणुका बिरुद्ध लड्नु सक्ने औषधीहरुको अनुसन्धान गर्ने ठाउँ हुन सक्छ त्यो तपाईंलाई थाहा नै छ होला संसार भरका प्रख्यात मन्दिरहरु यो महामारीमा बन्द गरिएका छन् यो यस्तो संकटको बेला मन्दिरले हैन अस्पतालले जनतालाई बचाउन साथ दियो अस्पतालहरु २४ घण्टा खोलिएका छन् मन्दिर पनि बनाउला तर त्यो दिन आउछ अहिले अस्पताल चाहिएको छ अहिले स्कुल चाहिएको छ ।

अहिले उघोग चाहिएको छ । नेपाली जनता धेरै धेरै अायतित बस्तुहरु उपयोग गर्छन् । त्यो रोक्न रोजगारी श्रृजना गर्न । गुमेको रोजगारी कायम गराउनु उधोग चाहिन्छ । वास्तम्मा मन्दिरले माग्ने बनाउछ । कृपया यो बेला त्यो काममा तपाईंको ध्यान नजावस् । मलाई धर्म वा सरकार बिरोधि नभनियोस् म अास्थावान मानव हु समय सापेक्ष ठिक भएन भनेको मात्रै हु ।
जय श्रीराम ...!