सुनसरी। बुधवार प्रदेश १ का वन वातावण तथा पर्यटन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगदिश कुसियत गुटको भेला गराएको भन्दै नेकपाका युवा नेता राम प्रसाद रिजालले आपत्ति जनाएका छन । नेता रिजालले यस्तो संवेदनशील समयमा समाचारमा आएजस्तो गरि नेताहरुले भेला गर्दै हिड्नु नीति नियम माथिकै उपशास हुने भन्दै आपत्ति जनाएका हुन । पार्टीमा गुटगट भेलाको अन्त गरी एकढिक्का बनाउनु आवश्यक रहेको वेला गुटगत भेला गर्नु पार्टीको विधि विधान मुुल्य मान्यता विपरित भएकोले यो माहामारीको वेला भेला गर्दै हिड्नेलाई यथाशक्य कडा कारवाही गर्नु पर्ने नेता रिजालको माग छ ।


गुटको भेला गर्दै हिड्नुले पार्टी एकताबद्ध नभएको जनता मा सन्देश गएको भन्दै उनले पार्टी लाई विधिः पद्धति मा राख्ने हो भने गुटहरुको दाह–संस्कार गर्नुको विकल्प नरहेको बताए । पार्टी आचार संहिता विपरीत पार्टीको भेला राखी पार्टी कमिटीलाई कमजोर बनाउने तरिकाले गतिविधि राख्ने कमरेड हरु लाई नेकपा नेतृत्वले सचेत तथा खवरदारी गर्नुपर्ने पनि नेता रिजालले उल्लेख गरे । हामी सबै नेपाल कम्युनिस्ट पार्टी का कार्यकर्ता हौं भन्ने भावनाको विकास नभई नेकपा पार्टी र नेकपाको सरकार र मुलुक नै सफल नहूने बताए ।

बुधवार प्रदेश १ का वन वातावण तथा पर्यटन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगदिश कुसियत गुटको भेलामा सहभागी भएका थिए । भेलामा प्रदेश संसदहरु तथा प्रदेश कमिटी सदस्य सर्वध्वज सावा, प्रदेश संसदहरु लिलम वस्नेत, प्रदेश कमिटी सदस्यहरु ,रेवती भण्डारी , मुरारी सुदेवदी,खेमराज पोख्रेल लगायतका नेताहरु सहभागी भएको श्रोतले बतायो । भेलामा नेकपाका सुनसरी जिल्ला सदस्यहरु तथा धरान नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) इटहरी नगरपालिकाकी उपमेयर लक्ष्मी गौतम,यज्ञराज खड्का, भद्रनारायण चौधरी लगायत दर्जनौ कार्यकर्ताहरुको उपस्थिति रहेको वुझिएको छ । रामधुनी नगरपालिकाको वडा नं २ स्थित सास्कृतिक भवनमा आयोजित कार्यक्रममा सुनसरी जिल्ला भित्रका कार्यकर्ताहरु सहभागी भएको वुझिएको छ ।