काठमाडाैं । सरकारले चार्टर तथा उद्धार उडान पुनः सुचारु गर्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले दैनिक तीन वटा चार्टर उडानबाट विदेशमा अलपत्र परेका नेपाली ल्याउने निर्णय गरेको हाे ।

त्यसका लागि विशेष मापदण्ड बनाइएकाे छ । जसअनुसार मन्त्रिपरिषद्ले हवाई उडानबाट नेपाल आउनेले सात दिनसम्म काठमाडाैंका होटलको क्वारेन्टिनमा  अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ ।  विदेशबाट आउनुपूर्व नै होटल बुक गर्नुपर्नेछ । यसअघि भदाै १ देखि तय उडान साेही दिन नै स्थगित भएकाे थियाे ।

बैठकले स्थानीय तहमा क्वारेन्टिनको संख्या बढाउने निर्णय गरेको छ । संक्रमितकाे संख्या बढ्न थालेपछि सरकारले साे निर्णय गरेकाे हाे ।मन्त्रिपरिषद्को बैठकले निजी अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।