भदौ -३, रामेछाप/ नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका रामेछापका युवाहरु धमाधम नेकपा नै फर्किन थालेका छन ।
१ साता अघि नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका गोकुलगङगा गाउपालिकाका युवाहरु बाटो बिराएको भन्दै नेकपामा फर्किन थालेका हुन ।
नेकपाका वडा सचीव समेत भैइसकेका बेतालीका स्थानिय युवा मिलन घिमिरेको नेर्तुत्वमा आधा दर्जन युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
नेकपामा नै सानै उमेरदेखी रगत पसिना बगाएको बताउदै पाटी परित्यागले नेकपाप्रतीको माया र निष्ठाले भित्रभित्रै पोलेको उनिहरुले बताएका छन ।
पाटीप्रतीको माया र निष्ठा अटल रहने प्रतिबद्धता ब्यक्त गर्दै उनिहरुले बिज्ञप्ती मार्फत आफ्नै घर फर्केको अनुभूति भएको जानकारी दिए ।न्युजमार्ग





















