भोजपुर ,६ भाद्र । भोजपुरको अरुण गाउपालीका १३ जना नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छ्न ।
सनिवारअरुण गाउपालिका ५ याकु माङ्सुवामा भएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेस अरुण गाउपालिका ५ याकु माङ्सुवाका १ नम्बर टोल कमिटीको सभापति गणेश खडकाको नेतृत्वमा कोषाध्यक्ष सहित १३ जना नेकपामा प्रवेश गरेका हुन ।
नव प्रवेशिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि नेकपा भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य एवम नेकपा अरुण गाउपालिका सहइन्चार्ज बविन्द्र रसाइलीले स्वागत गरेका थिए ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा अरुण पार्टी अध्यक्ष बलभद्र राई जिल्ला कमिटी सदस्य तथा अरुणगाउपालिका पार्टी सचिव नारायण घिमिरे, जिल्ला सदस्य कुमार थापा जिल्ला सल्लाहकार हरिविष्णु पाेख्रेल लगायतकाे आथित्यता रहेको थियो ।





















