इटहरी ,७ भाद्र ।कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई हौसला प्रदान गर्न इटहरी उपमहानगरको तर्फवाट घर घरमै पुगेर भेटघाट सुरु गरिएको छ ।

उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुगेर स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुभएको छ । इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमला र हेल्थ असिस्टेण्ट धर्मानन्द भटट सहित उपमेयर गौतमले ११ जनाको घरमै पुगेर फलफूल,औषधी र गुर्जो सहित स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

117911092_10219390204358568_163986192333755653_nआज वडा नम्वर ४,५,६,९,१६ र १९ का गरि संक्रमित र निको भएका ११ जनालाई भेटेको उपप्रमुख गौतमले वताउनुभयो । होम आइसोलेसनमा वस्दा स्वास्थ्यको मापदण्ड पूरा भए नभएको अनुगमन समेत गरिएको इमरजेन्सी इन्र्चाज राम प्रसाद धमलाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएर इटहरी ४ मा होम आइसोलेसनमा वस्नुभएकी प्रदेश सांसद कुसुम श्रेष्ठले इटहरीउपमहानगरकी उपप्रमुख, स्वास्थ्यकर्मीको टोली समेत आएर भेट गर्नुभएकोमा खुशी लागेका प्रतिक्रिया दिनुभयो । संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको वेला स्थानीय सरकार घर घरमा पुगेर हौसला प्रदान गर्दा संक्रमितहरुलाई हाम्रो लागि सरकार रहेछ भनेर मनोवल वढने वताउनुभयो ।

यस्तो कार्यले समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन सहयोग पुग्ने भएकाले अन्य स्थानीय तहले पनि इटहरी उपमहानरवाट सिक्नुपर्नेमा प्रदेश सांसद श्रेष्ठले जोड दिनुभयो ।

कोरोना संक्रमण भएर निको भई होम आइसोलेसनमै रहनुभएका इटहरी उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले उपमेयर सहित स्वास्थ्यकर्मीहरुको टिम आएर हौसला वढाउने कार्य गर्नुभएकोमा खुशी लागेको वताउनुभयो । इटहरी उपमहानगर होम आइसोलेसनमा वसेका सवैका घरमा पुग्ने उपप्रमुख लक्ष्मी गौतमले वताउनुभयो । इटहरीमा होम आइसोलेसनमा २५ जना रहेका छन ।