काठमाडौं, ११ भदौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्ग नै दोहोरिनु पर्ने चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता डा.युवराज खतिवडाले घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

आज (बिहीबार) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधिएको प्रश्नमा मन्त्री खतिवडाले अहिलेसम्म प्राधिकरणको कार्यकारी नियुक्तिको विषयमा सरकारले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।‘

उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले थपे, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन ।

त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’ घिसिङले भने आफ्नो नाममा ‘फेक अकाउण्ट’ बनाई आफ्नाबारे गलत भ्रम सिर्जना गराइएको स्पष्ट पारिसकेका छन् ।नयाँपेजबाट