(तन्त्र,बाद,सिद्धान्त,बिचार,नेतृत्व र नेता भन्दा माथि राष्ट्र) भनिन्छ अहिलेकाे युग मा कुनैपनि समाज रुपान्तरण काे लागि महत्त्वपूर्ण पक्ष भनेकै दर्शण,सिद्धान्त र बिचार अाबस्यक कुरा हाे!भने उक्त कुनैपनि कुराहरुलाई समाज रुपान्तरण काे लागि कुनै निश्चित पथ वा बाटाेमा समाज भित्रका साक्षर वा निराक्षर लाई प्रतिज्ञा वचन बद्धता र स्वतन्त्रता सहित कुनै निश्चित पथमा समाज लाई सम्पुर्ण हिसाबले अगाडि बढाउनकाे लागि प्रयाेग र अभ्यास मा ल्याईएकाे एउटा लगाम वा कडि बाद हाे!

जस्मा हामि समाज भित्रका पात्ररु जाे सैद्धान्तिक र बैचारिक दृस्ठिकोण काे भाेगि र त्यागी भई निरन्तर अगाडि बढ्दै हामी र हाम्रो समाज बर्तमानबाट सन्तुष्टि नभई सुन्दर भबिस्यकाे परिकल्पनागर्दै बादिय बाटाेबाट बिचलन नभई निरन्तर एकै पथमा अगाडि बढ्नु नै अहिले काे बिश्व राजनिति काे बाध्यता जस्तै भईसकेकाे छ! शास्त्रीय हिसाबले विभिन्न वाद र बेद भएता पनि अहिलेकाे हाम्रो समाजलाई मुख्य तहः पुँजिबाद र समाज बाद हुँदै साम्यबाद काे परिकल्पना देखाई नितिगत हिसाबले राजनैतिक अभ्यास संगै कुनै समूह वा पार्टीगत नेतृत्व वा समाजकाे इच्क्षा र चाहाना अनुरुप नै देश र जनताकाे पक्षमा काम गराउनकाे लागि बाद सिद्धान्त र बिचारकाे पालककाे रुपमा कुनै पदिय हैसियतमा पुग्ने र नितिगत हिसाबले देश र जनताकाे पक्षमा काम गर्ने कुनै समुहकाे नाईके लाई नेता मानिन्छ!

६२/६३ सम्म अाईपुग्दा ताे भन्दा अघि र २००७ पहिला र ४६ पछि विभिन्न बाद,सिद्धान्त, बिचार र नेतृत्व भित्र का नाईके हरुले बिभिन्न कालखण्डमा र बिभिन्न बहानामा देश र जनताकाे अधिकार काे लागि भन्दै भिन्न भिन्नै शैली अपनाएर अहिलेकाे संघिय लाेकतान्त्रिक गणतन्त्र र बर्तमान विश्व माहामारि(covid=19) सम्मकाे यात्रा गरै गर्दा देश र हामी जनता अहिले कुन अबस्था र परिस्थिति काे सामना गरिराखेका छौं त्याे त यहाँ चर्चा गरिराख्नु पर्ने देख्दिन सबै जग जाहेर नै छ! राजनैतिक द्रिष्टिकाेण ले नेपाल काे सन्दर्भ हेर्दै गर्दा अा- अाफ्नै बुझाई हरु हुन सक्छन तर बास्तबिक राजनितिज्ञ र नेता हुनु काे सामान्य अर्थ देश र जनता काे सुरक्षा, समस्या र अाबस्यक्ता हरुलाई सहज र सरल तरिका द्वारा सरकार मा पुगाइऐका नेता र नेतृत्वले सान्तिपुर्ण तरिकाले जन सेबक काे रुपमा निष्पक्ष र न्यायिक ढङ्गबाट गरिनु पर्दछ भन्ने नै हाे!

तर बिडम्बना हाम्रा नेता र पार्टी का कार्यकर्ताहरु देश र जनता भन्दा नि पार्टी गत राजनीति ले अङ्गिकार गरेका बाद, सिद्धान्त,बिचार भन्दा माथि उठ्न नसक्नु काे एउटै कारण ब्याबहारतहः नेताहरुकाे शैली नाताबाद, क्रिपाबाद,र अात्मशमर्पण बाद कै कारणले अाज देश र हामी जनता ले अहिलेकाे परिस्थिति काे सामना गर्नु परिराखेकाे छ! फलतः अहिले देशमा बिभिन्न काण्डै काण्ड बाट ग्रसिथ छाैं साथै विभिन्न अराज गतिबिधि हरुकाे उदाङ्गाे रुप भाेग्न बाध्य छौं!

१=पानी ट्याङ्की काण्ड र झण्डा काण्ड! २=राैतहट काे पुजारी हत्याकाण्ड र गृहकाे सरकुलर उक्त घटनाकाे बिराेध हुन नदिनु भनी गरिऐकाे अादेश काण्ड! ३=झाँपाकाे गाैंहत्या र तेसपछिकाे गाेलि काण्ड! ४= डा• गाेबिन्द के•शि लाई प्रहरि निग्राणि बढाई धरपकड काण्ड! ५= माहामारिकाे फाईदा उठाउदै बिदेशिन बाध्य युबाहरुलाई मातृभुमि फिर्ता हुदा चार्टर्ड फलाईट भन्दै तीन गुना बढि भाडा असुलि काण्ड! ६= जनता काे दबाफ का बाबजुत पनि अनेकन बाहाना गर्दै कुलमान घिसिङ लाई पुणः नियुक्त नगर्न बाहाना बाजिकाण्ड! ७=माहामारि लाई बाहाना बनाई अनेकन भ्रष्टाचारि काण्ड !

लगाएत लिपुलेक, र mcc जस्ता बिबादित काण्ड हरुका बिराेधका कारण पनि अहिले काे सरकार कसैकाे कठ्पुतलि भै काम गर्न बाध्य छ भन्ने कुराकाे पुष्ठि भइसकेकाे छ! यहि परिस्थिति मा देश रहिर्ह्याे भने हामि जनता लाई बिखण्डण ल्याउन सुन्याेजित तरिकाले विभिन्न बिषय हरुलाई प्रबेष गराई जातिय र धार्मिक द्वन्द्व भड्काएर पुर्ण रुपमा सरकार र देशलाई फेल बनाई असफल राष्ट्र घाेषना गराउन जुन प्रकारका गतिविधि देश भित्र बढ्दै छन् हामी सम्पूर्ण जनता एक भई, कुनै बाद, सिद्धान्त ,बिचार भन्दा माथि राष्ट्र राखेर जुन सुकै अास्था का हामी नेपाली भएता पनि कुनै राजनैतिक प्रतिसाेध एक अापसमा नराखि देश रहेन राजनीति र पार्टी रहन्छ भन्ने भाबनाकाे बिकास गर्दै त्तकाल अहिलेकाे परिस्थिति र ब्यबस्था काे बिकल्प खाेजिएन भने हामि पुर्ब नेपाली त पक्का हुन्छौं हुन्छौं!

तसर्थ जसरि अहिले नेपाली राजनैतिक बृत्त चित्र देखा पर्दैछ के हामिले यसैका लागि त्याग तपस्या समर्पण र बलिदानि गरेकाे हाे त ? एक चाेटि गम्भीरता पुर्बक साेच बिचार गरि सत्य संग हामी अगाडि बढ्ने काेसिस गर्याौं भने पक्कै पनि हाम्रा पुर्खाकाे त्याग, तपस्या, बलिदानि र निसानिकाे दु:ख मेहनत खेर जान दिने छैनौ साथै राष्ट्र संकट काे बेलामा कुनै तन्त्र,बाद, सिद्धान्त,बिचार,नेता र नेतृत्व भन्ने भावना भन्दा नि देशलाई केन्द्र मा राखेर साेच्अाैं! जय गाेरखा कालि!!!