मोरङ , १६ भदौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले मोरङ जिल्ला कमिटी गठन गरेका छन् । ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी)को नाममा मोरङ जिल्ला कमिटी गठन गरिएको हो ।
आइसिडीले मार्क्सवादी विचारको अध्ययनमा केन्द्रित कार्यक्रमहरु गर्नेछ भने देशका अन्य समसामयिक क्षेत्रका समस्याहरुलाई पनि उठान गरेर समाधानका लागि प्रयास गर्ने नवगठित कमिटीका अध्यक्ष सङ्गम कान्दाङ्वाले बताए । उनका अनुसार आइसिडीमा वैचारिक र बौद्धिक व्यक्तिहरुलाई समेट्ने प्रयास गरिनेछ।
नवगठित कमिटिको अध्यक्षमा सङ्गम कन्दङवा को अद्क्षतामा बनेको ३३ सदस्यीय कमिटीका उपाध्यक्षमा,सचिब,सहसचिब,कोषाधक्षयमा क्रमस सितल राय, निर्मल भण्डारी,शिव रतन शाह,निता कुलुङ राई रहेका छन । त्यसैगरी सदस्यहरुमा भूषण पोमो लिम्बु,दिवस पाख्रिन,अनुप खड्का,कोसिस सुवेदी,सन्तोष लिम्बू, विकास महतो, नवीन गिरि,रविन चालिसे,कमल कार्कि, अविरल काफ्ले,आशिक भट्टराई, कुमार नेपाली,सुजन घिमिरे,जीवन मुडियारी, सुशील पाैडेल,दिपक कट्टेल, विश्वास बस्नेत लगायत रहेका छन् ।
जम्मा बनेको कमिटीमा १० ओटा कोटा राखिएको हुदा छुटेका साथीहरुलाई मनोनित गरिने नवगठित कमिटीको अधक्ष्य संगम कन्दङवाले बताए । उक्त कमिटी जुम मार्फत् भर्चुअल बैठकबाट गठन गरिएको मोरङमा पहिलो ऐतिहासिक कमिटी बनेको छ ।
पालिका स्तरमा समेत सो कमिटीहरुचाडै निर्माण गरिने उपाध्यक्ष शितल रायले जानकारी दिइन । अनेरास्ववियूका नेताहरु अनिल कार्की,प्रेमराज भारती र मिलन बस्नेत सल्लाहकारहरु रहनु भएको सचिव निर्मल भण्डारीले बताए । मार्क्सवादको अध्ययन र प्रयोग बाट मात्रै समाजवाद प्राप्त गर्नसकिने र कमिटी निर्माणमा मुख्य भूमिका निर्माण कर्ता अनेरास्ववियु,पुर्व केन्द्रिय नेता बद्री अर्यालले बताएका छन् ।
खासगरी २५ बर्ष उमेर सम्म र उनीहरुको दौतरी समुहका नया पिढिका बिधार्थीहरु जो उच्च माध्यामिक ,स्नातक ,स्नातकोत्तरमा सम्म अध्यन गरीरहेका अनेरास्ववियुमा आस्था राख्ने बिद्यार्थी कमरेडहरु लाई बैचारिक रुपमा नेतृत्वहरु उत्पादन गर्ने उदेश्यले समेत कमिटी निर्माण गरिएको र अनेरास्ववियुका पुर्व नेताहरुले आधुनिक प्रबिधिबाट अहिलेको अवस्थामा पनि बेलाबेलामा प्रक्षिण दिइने नेता अर्यालले बताए ।




















