बिराटचोक / नेकपाका युवा नेता रामप्रसाद रिजालले नेकपाको भावी अध्यक्ष माधवकुमार नेपाल हुने ठोकुवा गरेका छन । अनलाइन सगरमाथासँग कुरा गर्दै नेता रिजालले अबको नेकपा महाअधिवेशनबाट नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल अध्यक्षमा निर्वाचित हुने बताएका हुन ।
नेता नेपालको पार्टीमा तल्लो कमिटी देखि माथिल्लो कमिटी सम्म सांगठानिक पकड नेताको बलियो रहेको र उहाले पार्टीमा गरेको त्याग र नेता नेपालको ईमानदारीताले नै आगमी महाधिवेशनमा नेपाल लाई अध्यक्ष बनाउन कसैले रोक्न नसक्ने उनले दावी गरे ।
नेता रिजालले भने, ‘अबको नेकपाको महाधिवेशनमा नेकपाका हालका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच अध्यक्षमा प्रतिस्पर्धा हुने र त्यसमा अस्थिर वा परिस्थितिसंग सगै आफ्नो रुप फेरबदल गरिरहने वा आफ्नो अडानमा लामो समय टिक्न नसक्ने प्रचण्डलाई पूर्व माओवादीले नै पुर्ण रुपमा साथ दिन नसक्ने स्पष्ट भइसकेको छ ।’
माओवादी खेमाका नेकपा प्रवक्ता नाराययणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, देव गुरूङ, लेखराज भट्ट, पम्फा भुसाल, हरिवोल गजुरेल र मणि थापा लगायत बहुमत नेताहरूले नेता नेपाल लाई साथ दिने र साविक एमालेका लगभग ९० प्रतिशतले पनि नेता नेपाललाई नै साथ दिने भएकोले अबको नेकपाको चैत हुने भनिएको महाधिवेशनमा भारी मतले नेकपाका वरिष्ठ नेता नेपालको विजय सुनिश्चित रहेको नेता रिजालले बताए ।
उनले भने, ‘नेता नेपाल पक्षका कमिटीहरु देशव्यापी रुपमा संगठित हुदै आगमी अधिवेशनलाई आफ्नो पक्षमा पार्न क्रियाशील भइरहनु तर प्रचण्ड चाहिं सहमतिमा एकता महाधिवेशन गर्नुपर्छ तथा आफूलाई एकल अध्यक्ष बनाउनुपर्छ भनेर कार्यदल मार्फत कागजी अध्यक्षको रुपमा अघि बढ्नूले पनि के कुराको संकेत गर्छ भने नेता नेपाल नै अबको नेकपाको निर्वाचित अध्यक्ष हुनेमा कसैको दुईमत नहोला ।’




















