जनता समाजवादी पार्टी नेपालका वरिष्ठनेता तथा पूर्वमंत्री आदरणीय दाई अशोक राईलाई जन्मदिनको धेरै धेरै शुभकामना छ साथै वहां लाई जन्मदिन को अवशरमा पुरानो घर फर्कने सत्वुद्धि आओस |
समाजवादी पार्टीका वरिष्ठनेता अशोककुमार राईलाई म शुभचिंतक भाईको नाताले वहांलाई पुरानो पार्टी वा पुरानो घरमा फर्केर वहां ले उठाएका मुद्धाहरु पुरा गर्न नेकपामा आउन अपील गर्दछु | जनता समाजवादी पार्टी मधेसको मात्रै क्षेत्रीय पार्टी भयो जुन कुराको प्रमाण निर्वाचन ले देखाईसक्यो मधेस बाहेक अन्त विजय हासिल गर्न सकेन |

समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी को दुबै कार्यकारिणी अध्यक्ष मधेसी समुदाय का नेताहरु उपेन्द्र यादव र महन्त ठाकुर भएबाट यो पार्टी मधेसी पार्टी हो भन्ने प्रमाणित हुन्छ|
तत्कालिन नेकपा एमाले मा लामो योगदान गर्नुभएका राईले राष्ट्रीय राजनीति मा सकृय हुन र मुलुकको नेतृत्व गर्नु पनि नेकपा आउनै पर्छ वहां मात्र होईन डाक्टर बाबुराम भट्टराई पनि नेकपा आउनुको विकल्प छैन उपेन्द्र यादव का पछि लागेका अशोक राई र बाबुराम भट्टराई राजेन्द्र श्रेष्ठ मात्र होईन उपेन्द्र यादव हरु पनि राष्ट्रीय नेता हुन |
राष्ट्रीय पार्टी यो देश र जनता को भविष्य बोकेको नेकपामा आउनै पर्छ अन्तमा नेकपा केही नेताले राम्रो काम गर्न सकेनन केही नेता स्वेछचारी भए भन्दैमा नेकपा सकिएको छैन आगमी महाधिवेशन बांट आफूलाई हिटलर हौं भन्ने हरु लाई पाखा लगाईन्छ र नेकपा लाई जनप्रिय तथा मजबूत पार्टी बनाईन्छयो देशमा दुई वटा शक्ति हुने परिवर्तनकारी को नेतृत्व नेकपाले गर्ने यथास्थिति को नेतृत्व नेपाली कांग्रेस ले गर्ने छन |
शालिन व्यक्तित्वका धनी नेता राईलाई एउटा जात समुदायको नेता हुनु भन्दा सम्पूर्ण नेपालीको नेता हुन पनि नेकपामा आउनुहोस धरानमा तपाईलाई दिएको जनमतले पनि तपाई लागेको हिड्डेको बाटो ठीक छैन आफ्नो पुरानो घरमै आउनुहोस भन्ने जनता ले दिएको सन्देश लाई चानचुने नठान्नुहोस अशोक दाई ?




















