बाजुरा : जिल्लाको गौमुल गाउँपालिका वडा नं.६ का ५० भन्दा बढी परिवार काँग्रेस परित्याग गरि नेकपा प्रवेश गरेका छन् । वडा नं.६ शान्तिटोल र गौरीटोल गरी ५० भन्दा बढी परिवार नेकपा प्रवेश गरेका हुन । 

नवप्रवेशीले काँग्रेसको नियत्त खराबर र काँग्रेस पार्टी ठिक नभएका भन्दै नेकपा प्रवेश गरेका बताएका छन् । नेकपा जनताको भावना बुझ्ने र विकास निमार्णमा अगाडी बढ्ने पार्टी भएकोले आफुहरुलाई राहत मिल्ने बताउँदै नेकपा प्रवेश गरेको स्थानीय नवप्रवेशी डब्बल चदाँराले बताएका छन् ।

गौमुल गाउँपालिका वडा नं.६ स्थित शान्तिटोल र गैरीगाउँका ५० भन्दा बढी परिवारलाई शविबार एक कार्यक्रमकाका विच स्वागत गरेको थियो । गैरीटोल र शानितटोललाई काँग्रेसको गण भनेर चिनिदैँ आएको थियो ।   

कोरोना भाइरस (कोभिड १९) लाई मध्येनजर गदै राज्यको नियम पालन गरेर उनीहरुलाई स्वागत गरेको बताईएको छ । सामाजिक दुरी र मास्कको प्रयोग गरी शनिबार गौमुल गाउँपालिका घट्मुनामा नेकपा गाउँ कमिटी सचिव लोकेन्द्र रोकाया र नेकपाका नेता एवंम गाउँपालिका अध्यक्ष प्रकाश रोकाया लगायतले  नवप्रवेशीलाई अविर लगाएर स्वागत गरेको थियो ।