विराटचोक, २५ भाद्र । ढुङ्गे युगबाट विकास हुँदै एक्काइसौं शताब्दीसम्म आइपुग्दा मानिसहरु समाजमा मिलेर बसेका छन् । व्यक्ती मिलेर परिवार र परिवार मिलेर समाज बनेको छ । मानवीय विकासक्रमसगैं आधुनिक विकसित समाजसम्म पुग्दा विभिन्न मुल्यमान्यता र परम्परा स्थापित भएका छन् ।

समाजका विभिन्न आवश्यकताहरु हुन सक्छन् । मर्दापर्दा, विवाह वर्तवन्ध भोज, आपतकालीन विपद्, सामाजिक चेतनाका कार्यक्रम, सीप विकास तालिम तथा सेमिनार, जेष्ठ नागरिक किर्तन तथा भलाकुसारी, सामाजिक भेला तथा वैठक लगायत विभिन्न समाजका आवश्यकताहरुका कारण सामुदायिक भवनको अपरिहार्यता र महत्त्व देखिन्छ । सोही आवश्यकता बमोजिमको एक सामुदायिक भवन प्रदेश सरकारको बजेटमा सुन्दरहरैचा नगरपालिका वार्ड नम्बर ११ स्थित शुक्रबारेमा बन्ने भएको छ ।

118901593_746107669583186_1198835320947012664_n

प्रदेश सांसद राजकुमार ओझाको हातबाट मक्करधन सामुदायिक भवनको बुधबार विधिवत् शिलान्यास भएको छ । प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको दुई करोड तीस लाख बजेटले सुन्दरहरैंचा ११ शुक्रबारेमा उक्त सुविधासम्पन्न भवन बन्न लागेको हो ।


रमेश खड्काको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथी सांसद ओझा विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धना तामाङ, सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रामसुवर्ण चौधरी अतिथिहरु वडाध्यक्षहरु विशनलाल चौधरी, रोशन ढकाल, उधोग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईं, नेकपा सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष केदार गुरागाँई, नेकपा नेता मातृकाप्रसाद ढकाल, काग्रेंस प्रतिनिधि मित्रसेन योन्जन, समाजसेवी विश्वेश्वरप्रसाद ढकाल, रमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

119059520_2684377445147984_2975916868884731825_n


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद ओझाले निर्वाचनको समय वाहेक फरक बिचारधारा बोकेका राजनीतिक पार्टीहरु मिलेर विकासको निम्ति हातेमालोका साथ अघि बढ्नुपर्ने वताउनुभयो । आफ्नो क्षेत्रभित्र संचालन हुने योजनाहरुमा यदि कसैले धाकधम्की दिएर चन्दा असुल्ने तथा गुण्डागर्दी गर्ने दुस्प्रयास गरेमा आफुलाई भन्न समेत आव्हान गर्नुभयो ।

उहाँले सामुदायिक भवनको निर्माणमा कुनैपनी कमजोरी नगर्न र मजवुत एवम् गुणस्तरिय बनाउन ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउनुभयो । भवन निर्माणको लागी ३ कठ्ठा जग्गा दान गर्नुहुने स्थानीय दानविर शोभितमान श्रेष्ठ प्रती धन्यवाद व्यक्त गर्नुभयो ।

118920924_351423389600184_2454037749035590920_n

त्यस्तै कार्यक्रममा बोल्दै सुन्दरहरैंचाका मेयर ढकालले माननीय ओझाको पहलमा प्रदेश सरकारद्वारा नगरमा निर्माण हुन लागेको वृहत् सामुदायिक भवन प्रती खुशी व्यक्त गरे । उक्त भवन निर्माणमा सहरी विकास डिभिजन कार्यालयलाई आवश्यक परे नगरपालिकाले प्राविधिक तथा अन्य सहयोग गर्ने समेत व्यक्त गरे ।

118991039_648484216103616_2372200075953440012_n
तस्बिर सौजन्य : मिलन घिमिरे

सामुदायिक भवन निर्माण हुने कुराले शुक्रबारेका जनता निकै हर्सित बनेका छन् । भवन बने पश्चात् सामाजिक कार्यक्रम गर्नका लागी ठुलो सहयोग पुग्ने र एकता समेत वृद्धि हुने स्थानीय यूवा समाजसेवी जय चौधरी वताउँछन् । स्वागत मन्तव्यमा बोल्दै शुक्रबारेका समाजसेवी मोहनलाल श्रेष्ठले यत्ति ठुलो बजेटमा समाजले मागेको सामुदायिक भवन निर्माणका निम्ति पहल गरिदिनुभएकोमा सांसद ओझा अत्यन्त धन्यवादको पात्र रहनुभएको वताए ।


गत जेठ नौ गते लक्ष्मीमाता पि.एण्ड.जि. जेभी भद्रपुर झापासँग एक करोड पचास लाख छब्बीस हजार लागतमा ठेक्का सम्झौता भएको उक्त योजनाको एक बर्ष भित्र काम सक्ने सहमति भएको छ । निर्माण कार्यको रेखदेख एवम् अनुगमन प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय विराटनगरले गर्नेछ । भवन निर्माणकालागी आवश्यक ३ कठ्ठा जग्गा स्वर्गीय बुवा मक्करबहादुर श्रेष्ठको नाममा स्थानीय समाजसेवी शोभितमान श्रेष्ठले दान गर्नुभएको हो ।