कपिलवस्तु,२५ भाद्र । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ मा २ सय बढि व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । वडाका २ सय बढिलाई नेपाल कम्युनिष्ट पार्टि (नेकपा) केन्द्रिय सदस्य, कपिलवस्तु जिल्ला सह इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरे तथा जिल्ला पार्टी अध्यक्ष झविलाल पोखरेलले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी विमला घिमिरले श्रमजीवि वर्गको उत्थान र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा भएकाले नव प्रवेशीलाई नेकपाको विचार र आस्थामा अडिन आग्रह गर्नुभयो । नेकपाले जनताको पक्षमा सदैव काम गर्दै आइरहेकाले सवै श्रमजिवी वर्गको उत्थानका निति, कार्यक्रम र बजेट ल्याइरहेको समेत जानकारी दिनुभयो । उहाँले जनताको जीवनस्तर माथी उठाउने काममा नेकपाले विभिन्न लोकप्रिय कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश सचिवालय सदस्य बलराम अधिकारीले वडा, गाउँ र जनताको समस्यामा आफु राम्रैसंग जानकार भएकाले गाउँको विकासमा आफनो कार्यकालमा सहयोग गरेको बताउनुभयो । संविधान सभा सदस्य अधिकारीले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी जस्ता जनताको आधारभूत आवश्यकतामा नेकपाले नितीगत रुपमा सुधार गरेर लगिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले आश्वासन बाड्ने पार्टी नेकपा नभएर जनताको विकास र राष्ट्रको समृद्धिमा नेकपाको पालामा उल्लेख्य काम हुने बताउनुभयो । त्यस्तै जिल्ला सचिव रामचन्द्र शाहले नेकपाको सरकारले जनमुखी निती र कार्यक्रम ल्याएर जनताको जीवन स्तर बदल्ने बताउनुभयो ।
कार्यक्रममा नवप्रवेशीको तर्फ बाट साफदिन मिया र हाम्जा मियाले जनताको काम गर्ने पार्टि नेकपानै भएकोले हामिहरु एकजुट भएर यहि पार्टिमा दृढ संकल्पका साथ यहि पार्टिमा लागेको बताएका थिए साथमा गाउँमा सुकुम्बासिका लागि विद्युत, शिक्षा, बाटोघाटो, शौचालय, खानेपानी लगाएतका समस्या राखेका थिए ।

नेकपा वाणगंगा अन्तरगत नगर वडा कमिटि ८ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिवालय सदस्य नारायण भुसाल, शंकर पाण्डे, सुवास सल्यानी, लक्ष्मण वेल्वासे, जिल्ला सदस्य तथा वडा इन्चार्ज भोजराज थारु, जिल्ला सदस्य हुमनाथ पौडेल, अनेरास्ववियूका जिल्ला संयोजक बाबुराम अर्याल नेता हरु दुर्गा आचार्य, विष्णु प्रसाद घिमिरे, बिस्नु पन्थि, विद्यार्थी नेता सुधन पान्डे युवा नेता योगेश छेत्री, याज अहमद, अमिल मिया लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम वडा कमिटि अध्यक्ष प्रेम वि.को अध्यक्षतामा सम्पन्न भएको थियो ।





















