काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले १७ बुँदे सुझाव राखेका छन् । हिजो सम्पन्न पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावमा उनले १७ बुँदे सुझाव दिएका थिए ।

वरिष्ठ नेता नेपालले चाकरी र मूल नेतृत्वसँग सामिप्यताको आधारमा नभएर काम र क्षमताको आधारमा प्रत्येकलाई आफ्नो भविष्य सुुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । त्यसो गर्न सकिएमा पार्टीमा आकर्षण बढ्ने उनको भनाइ छ ।

सरकार सञ्चालनमा सेटिङ्ग प्रणालीको अन्त्य गर्नुपर्ने, दलाल पुँजीपति र बिचौलियाको स्वार्थर्पूितको माध्यम बन्नु हुँदैन भन्ने सुझाव पनि वरिष्ठ नेता नेपालले दिएका छन् ।नागरिक खवर 

IMG_20200912_090851

IMG_20200912_090819

IMG_20200912_090743

IMG_20200912_090659

IMG_20200912_090631 (1)