ओखलढुंगा ,भाद्र २७। रास्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाका अध्यक्ष सहित एक दर्जन नेकपमा प्रवेस गरेका छन।चम्पादेवी गाउँपालिका वडा नं ३ मा आयोजना गरिएको गाउँ कमिटिको बैठकमा रास्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाका अध्यक्ष जगत प्रसाद लुइँटेल र क्षेत्रीय सदस्य देबेन्द्र खत्री सहित करिव १ दर्जन नेकपमा प्रवेस गरेका हुन्।
२०५४ शालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन नेकपा एमाले बाट साविक कालिका गाविसको अध्यक्षमा निर्वाचित बनेका लुइँटेल राप्रपा प्रवेस गरेका थिए।
नेकपा ओखलढुंगा जिल्ला सचिवालय सदस्य तथा चम्पादेवीका इन्चार्ज तिर्थ सुवेदीको प्रमुख आतिथ्यतामा भएको सो बैठक तथा पार्टी प्रवेस कार्यक्रममा नेकपा ओखलढुंगा जिल्ला सदस्य तथा चम्पादेवी सह इन्चार्ज सुरेस थापा ,नेकपा ओखलढुंगा जिल्ला सदस्य हरि घिमिरे , झम्कहरी बडाल , नेकपा चम्पादेवीका अध्यक्ष खड्ग बहादुर कार्की,सचिव गणेश कार्की सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
लुइँटेल सहित अन्य नेकपा प्रवेस गरेकाहरुलाई स्वागत गर्दै नेकपा सो बैठक तथा पार्टी प्रवेस कार्यक्रममाले ओखलढुंगा जिल्लामा कम्युनिस्ट आन्दोलनलाई बढाउन सक्रिय भूमिका खेलेका लुइँटेल राप्रपा छोडेर पुन नेकपमा आउनु निकै सुखद कुरा भएको बताउदै उनि र उनि संगै नेकपा प्रवेस गरेकाहरुलाई धन्यवाद दिएका थिए।




















