दुई अध्यक्षले मात्र चोचोमोचो मिलाए नेकपा किचलोको स्थायी समाधान असम्भव
_____________________________________________________________________________
लामो समय सम्म तत्कालीन नेकपा एमालेको नेतृत्व गरीसक्नु भएका नेकपा का वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालले तत्कालीन जटिल परिस्थितिमा पनि पार्टीको कुशल नेतृत्व प्रदान गर्नुभएको थियो ।
कम बोल्ने अनावश्यक कुरा नगर्ने स्वभावका नेता नेपालले माओवादीको बिग बिगीमा एमाले कांग्रेसका सबै जसो हस्तीहरुले चुनावमा पराजय हुदां वहां नेता नेपाल पनि पराजय हुनु स्वभाविकै थियो तर नेता नेपालले तत्कालीन एमालेको महासचिव पद बांट राजिनामा दिएर उच्च राजनैतिक संस्कार देखाउनु भयो ।
पदको लागि मरिहत्ते गर्ने जे पनि गर्ने हाम्रो जस्तो देशमा नेता नेपालको राजीनामाले वहांले आफ्नो असली रुप देखाईसक्नु भएको छ ।
नेता नेपालको वानी व्यवहराले म पनि वहां संग निक्कै प्रभावित भएको छु । उहाँको विषयमा जसले नकारात्मक टिप्पणी गरीरहेका छन । उनीहरुले नेता नेपालको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो ।
त्यति मात्र होईन सादा जीवन र उच्च विचारका धनी अंर्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार नेता नेपालको बहुआयमिक व्यक्तित्वको कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टी लाई व्यापारको रुपमा पैसा कमाउन पेसा सम्झेकाहरु नेता नेपालको विरोध गरीरहेका छन ।
तर समयको माग राष्ट्रको जनताको मांग नै नेता नेपाल भईसकेकोले र वहां को भिष्म प्रतिज्ञाले आज पार्टी फुटाउन खोज्नेहरु पार्टी लाई विधिः पद्धितिमा हिडांउन नखोज्नेहरु आज नेता नेपालको अडानमा आउन बाध्य भएका छन ।
नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टी मा देखिएका रोगहरू निराकरण गर्न नेता नेपालले खेलिरहनु भएको भूमिका नेकपाको इतिहासमा लेखिन्छ। यसको सम्पूर्ण नेपाली जनताले नेकपा पार्टी ले मूल्यांकन गर्नेपर्छ । आज नेता नेपाल को विचार मार्गदर्शनको मात्र विचार भएको छैन सिंगों पार्टी को विचार पार्टीको सिद्धांत पार्टीको विधान पार्टीको मार्ग दर्शन पार्टीको पद्धति भएको छ
नेकपा पार्टी भित्र देखिएका रोगहरुको नेता नेपालले चिरफार गरेर पार्टी लाई बलियो बनाई नेपाली जनतासंग गरेका वाचाहरु पुरा गर्न उहाँ सरकार लाई पनि घचघचाई रहनू भएको छ
नेता नेपालले भन्नु भयो सचिवालयको बैठक राख्नु कयौं चोटी अध्यक्ष ओलीलाइ बिन्ती नै चढाउनु पढेको त्यस्तै नेपालले स्थायी कमिटीको बैठक राख्न निवेदन र हस्ताक्षर अभियान नै चलाउनु पर्यो पटक पटक ।
यसरी पूर्व प्रधानमंत्री समेत रहेका नेपाल ले दिएको सत्य तर तिथो यथार्थ ले नेकपा पार्टी मा विधिः मिचिएको छ पद्दति मिचिएको छ । पार्टी मा प्रधानमंत्री समेत रहेका ओलीको तानाशाही बढेको छ । उनको गतिविधि ले पार्टी र मुलुक लाई कमजोर बनाईरहेको छ । पार्टी लाई सही ठांउमा ल्याउन वरिष्ठ नेता नेपाल लड़ाई लडिरहनु भएको छ ।
यहां सम्मकी ओलीले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव लाई ठाडै अस्वीकार गर्नुभयो । स्वच्छ छवि का शालिन व्यक्तित्व का धनी कम्युनिस्ट आन्दोलनका धरोहर नेपाली जनताकै अबको आशाका केन्द्र वरिष्ठ नेता नेपालले उठाईरहनु भएको एक व्यक्ति एक पद लाई पार्टीको स्थाई कमिटीको बैठकबाटै पारित गरेर गए मात्र अहिलेको नेकपा भित्रको गतिरोध को अन्त हुन्छ ।
गलत प्रवृत्ति को विरुद्ध ठाडै प्रहार गर्ने क्षमता का धनी नेता नेपाल को खांचों नेकपा पार्टी मा मात्र होईन राष्टमा खड्किरहेको छ त्यसैले नेकपा पार्टी ले छिट्टै नेता नेपाल लाई जिम्मेवारी दिने कुरामा कन्जुस्याइ नगरोस !
म लगाएत मेरो नेतृत्वमा ५० जनाको हाराहारीमा तत्कालीन समाजवादी पार्टी छोडे्र नेकपामा प्रवेश गर्यो यस बीचमा पटक पटक नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल लाई भेट गर्ने अवसर मलाई मिल्यो । यस क्रममा वहां को शालिन व्यक्तित्व समयलाई एकदमै उचित ब्यवस्था गर्ने क्षमता मात्र हैन दिनमा सयौं मानिसहरु पार्टी भित्रका र बाहिरका वहां को निवासमा दिनंहु घुईचो लाग्ने र नेता नेपाललाई भेटेपछि सबै मानिसहरु प्रफुल्ल मुद्रामा बाहिर निस्किएको पाईयो ।
नेता नेपाल ज्युको सरल व्यवहार सबै भेट्न जाने हरूलाई वहां ले गर्ने सम्मानित व्यवहार गम्भीर भएर सवै जनाको कुरा सुन्ने प्रवृत्तिको कारण नेपाल निवास कोटेश्वरमा आफ्ना समस्या हरु लिएर आउने नेकपाका नेता कार्यकर्ता मात्र होइन सबै खालका जनसमुदायहरु को बाक्लो भिडभाड्ले कोटेश्वर निवास प्रधानमंन्ती निवास वालुवाटार हो की भन्ने भान हुन्छ ।
नेता नेपालको निवासमा देखिएको चहलपहलले नेकपाको नेतृत्व वरिष्ठ नेता नेपालको हातमा भविष्यमा जान्छ । नेपाल जत्किो नेतालाई पार्टी को र सरकारको नेतृत्वमा बलियो रुपमा उभियाएको अवस्था मा मुलुकले काचुंली फेर्ने कुरामा कसैको दुईमत छैंन ।
नेता नेपाललाई सहमति नगराई दुई अध्यक्ष मात्र चोचोमोचो गरेर निर्णय गरे तत्काल स्थायी समितिबांट समाधान देखिए पनि नेकपा किचलो स्थायी समाधान नहुने यो मेरो ठोकुवा हो ।
पार्टी कमिटी लाई बलियो बनाउन र पार्टी लाई विधिः मा हिडाउन सकृय वरिष्ठ नेता नेपाल लाई कसैले एकलाउ्छ भन्ने हरुलाई समयले उनीहरुलाई नै एक्लाउने छ । सम्पूर्ण पार्टी का वफादार सिपाहीहरु हामी कमरेड माधव कूमार नेपालको पक्षमा छों । त्यसो भएकोले वरिष्ठ नेता नेपालले उठाएका ऐजेण्डाहरु लागू गर्न नेकपा सिंङगो पार्टीको ध्यान जाओस ।यसैमा हामी सबैको कल्याण हुन्छ ।
(रिजाल समाजवादी पार्टीका पूर्व केन्द्रीय सहायक प्रवक्ता तथा हाल सत्तारुढ नेकपाका युवा नेता हुनुहुन्छ)




















