धादिङ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको गाउँबाट २३ जना काँग्रेस कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।
शुक्रबार धादिङबेसी स्थित नेकपा धादिङको पार्टी कार्यालयमा आयोजि एक कार्यक्रमका बीच नेकपा नेता तथा संघीय सांसद खेम प्रसाद लोहनीले उनीहरुलाई पार्टी प्रवेस गराउनु भएको राजन लम्सालले धादिङपोष्टलाई बताउनु भएको हो ।
नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेस र नेकपा बीच कोरोना संक्रमणको समेत कुनै प्रवाह नगरी पार्टी प्रवेस गराउने होड चलि रहेका बेला पार्टी कार्यालयमा नै कार्यक्रमको आयोजना गरी नीलकण्ठ १३ साङ्कोस मधुवनका २३ जना युवाहरुलाई नेकपामा प्रवेस गराईएको थियो ।




















