बारा ३१ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपमहानगर कमिटीको अधक्ष्य तथा सचिबको नया जिम्मेवारी तोकेको छ । नेकपा २ नम्वर प्रदेसकार्यलयको भदौ २८ बसेको बैठकले नया जिम्मेवारी टुङ्ग्याएको हो ।
सो बैठकले अधक्ष्यमा साबिक एमाले निकट पुर्व बिधार्थी नेता जवाहिर अन्सारीलाइ जिम्मेवारी तोकेको छ । त्यसैगरी सचिवमा साविक पुर्व मावोबादिका नेता मुकेश साहलाइ तोकेको छ । अन्सारी एमाले र मावोबादी पार्टी अलग अलग भएको अवस्थामा उनि नेकपा एमाले कलैया उपमहानगर कमिटीको अधक्ष्य नै थिए ।
सो उपमहानगर कमिटीलाइ पूर्णता दिन १ सय पाच जना कमरेडहरुको नाम पठाइएको अधक्ष्य अन्सारीले बताए । नयाँ जिम्मेवारी पाएका अन्सारीरीले बिधार्थी क्षेत्रबाट राजनिती यात्रा शुरुगरी अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य हुदै सचिवालयको जिम्मेवारी पुरागरी बिदा भएका थिए ।




















