संखुवासभा,३१भाद्र।संखुवासभामा नेपालि कांग्रेस परित्यागगरी नेकपा प्रवेश गर्नेहरुको लहर चलेको छ। यसैक्रममा बुधबार ७ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।

संखुवासभाको पाच खप्पन नगरपालिका अन्तर्गत नेकपा ५ नम्बर वडाको बिस्तारीत बैठकको अवस्वर पारेर नेपाली कांग्रेसका हरीबहादुर थापा ,ओमबहादुर कठेत ,पदमबहादुर राइ ,रुद्रबहादुर तामांग ,बिक्रम रिजाल ,बिकास रिजाल ,बिष्णु कठेत रहेका छन् ।

नव प्रवेशिहरु नेपालि कांग्रेसका नगर तथा वार्ड स्तरीय नेताहरु रहेका छन भने बैठकका प्रमुख अतिथि नेकपा पाचखप्प्नन नगर इन्चार्ज मानसिंह पोखरेलले स्वागत गरेका थिए ।

त्यसैगरी बैठकमा अतिथिहरु जिल्ला कमिटी सदस्य लिला तामांग,नगरपालिकाको उप प्रमुख भिमादेबी राइ,अनेरास्ववियु संखुवासभाको संयोजक राजेश खड्का  र नगरकमिटी सदस्यहरु भिम तामाङ्ग ,दुर्गानिलम श्रेष्ठ ,कमलबहादुर अधिकारी ,लेखबहादुर मगर ,कोपिला तामाङ्ग ,केशब थापा ,मित्रनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।