धादिङ । नीलकण्ठ नगरपालिका वडा न १ का युवाहरुले आज नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेका छन् । साबिक वडा न ७ का युवाहरुले आज एक कार्यक्रमको बिच काग्रेस पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका हुन ।
काग्रेस पार्टी परित्याग गरि नेकपामा प्रबेश गर्नेहरुमा टेक बहादुर मगर,शिव मगर,ईश्वर मगर, गौतम मगर, बिशाल मगर, देवराज मगर, जनक मगर लागएतका रहेका छन् । उनिहरुलाई आज संघिय सांसद तथा नेकपाका केन्द्रिय सदस्य खेम प्रसाद लोहनीले टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य डा. राम कुमार अधिकारी, नेकपाका नेता सभ्भु श्रेष्ठ, नेकपा धादिङका सचिव बिजय बुर्लाकोटी, नेकपा नीलकण्ठ नगर कमिटीका अध्यक्ष दिपक बिक, नगर कमिटीका सचिव हरि श्रेष्ठ लगाएतका नेताहरुको उपस्थिति रहेको अनिल अधिकारीले बताउनुभयो ।




















