बिराटचोक ,१ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुन्दरहरैचा नगरकमिटीबिभागको कानुन तथा न्यायिक विभागको पहिलो बैठक सम्पन्न भएको छ । बुधबार सुन्दरर्हरैचाको ८ न वडा शाखा कमिटीको कार्यलय सलकपुरमा बसेको बैठकले २ ओटा प्रस्ताबहरुमाथि छलफलगरी बैठक सम्पन्न भएको छ।
विभागका प्रमुख बाबुकृष्ण दाहालको अध्यक्षतामा बसेको बैठकले कानुन व्यावसायीहरुको तथ्यांक वडा कमिटीतयार पार्ने र प्रस्ताब नंबर २ मा नगर कमिटीको सचिवालयको बैठकपछि सवै वडा तह,वर्ग समेट्नेगरी सदस्यता बिस्तारगर्ने निर्णय गरेको विभागका सदस्य नगेन्द्र सुबेदीले जानकारी दिए ।
बैठकमा प्रमुख अतिथि नेकपा सुन्दरहरैचाका अधक्ष्य केदारप्रसाद गुरागाइ बिषेश अतिथि सचिव दुषयंत भट्टराइ र संगठन विभागका प्रमुख मातृकाप्रसाद ढकाल,कार्यालय वार्ड न ८ का कमिटी अध्यक्ष रोहित चौधरी आमन्त्रित रहेका थिए ।

नगरकमिटीका नेता बाबुकृष्ण दाहालकोको नेतृत्वमा बनेको सो कानुन तथा न्यायिक विभागका उप प्रमुख रेवतीरमण तिम्सिना ,सदस्यहरु धनबहादुर केदेम ,नगेन्द्र सुबेदी ,हेमकुमारी बिक ,टिकाप्रसाद सुबेदी र खेम न्यौपाने बैठकमा उपस्थित रहेका थिए।
यसैगरी ज्येष्ठ कम्युनिस्ट मन्च विभागकोपनि बैठक बसिसकेको सचिव दुषयंत भट्टराइले जानकारी दिए ।बैठकमा अध्यक्ष मित्र प्रसाद रिजाल ,उपाध्यक्ष षडानन्द बराल सचिव केशव चौहानको उपस्थिति रहेको थियो ।




















