_______________ रामकुमारी झाक्री
कोरोना भाईरस महामारीबारे गत माघ अन्तिम सातातिर काठमाडौमा ठूलो मनोबैज्ञानिक त्रास र आतंक थियो।हामी सबै कति भयभित थियौ भन्ने कुरा स्वयम हामीले नै आफैले महसूस गरेका छौ।
आज नवौ महिना बित्दैछ । संक्रमितहरू बढीरहेकाछन र मृत्यूको संख्या पनि उकालो लागेको छ। तर पनि काठमाडौलाई मात्र होईन सिंगै देशलाई र दुनियाँलाई नै सामन्य नै लागिरहेको छ।बजार खुलेको छ हामी निर्वाध हिडिरहेका छौं।आफ्नो काम गरेका छौं।
त्यही समय हो कोरोना भाईरसको ईपीसेन्टर मानिएको चिनको वुहानमा फसिरहेका १८० जना नेपालीलाई उद्धार गर्नुपर्ने । उनिहरूलाई एयर लिफ़्ट गर्नुपर्ने। तर कसरी?
एउटा सफल मिसनको नेतृत्व गर्ने ज़िम्मेवारी नेपाली राष्ट्रिय ध्वजाबाहक बायुसेवा निगमको भागमा पर्ने नै भयो। तर ब्यक्ति कसले नेतृत्व गर्ने? त्यही आतंकको विच पाइलट मोहम्मद अवेस अरिफ, कोपाईलट सुनिल श्रेष्ठ, ईन्जिनियर जर्जी ईभानोज, फ़्लाइट डिस्प्याचर चक्र नकर्मी, टेक्निसियन सुनिलकुमार थारू, क्याबिनक्रुहरू सुमिली सुब्बा, सान्त्वना तुलाधर, क्रिस्मिना राई, सुरज थापा, अरूण दिप भट्टराईहरू तयार भए।
उनको घर/परिवार थियो, साना बच्चाहर पनि थिए होलान तर उनिहरूले संकटमा हामी देशका लागि हो, हामीले केही गर्नुपर्छ भन्ने संकल्प गरे। हामी जस्ता धेरै युवाको लागि विपना हुनै नसक्ने सपना जस्तो सुन्दर/आकर्षक "करियर"मा आएका थिए। कसम खाएका थिए ।त्यसैले त्यो मिसनको नेतृत्व सफलतापूर्वक गरे। राष्ट्रको दायित्व र ज़िम्मेवारी पुरा गरे ।
यहाँ गफ चुट्नेहरु धेरै थिए । कहिले काही गफ चुट्नेहरू नै हिरो देखिन्छन यो समाजमा । उनको छातीमा तक्मा पनि टाँसिन्छ। तर जोखिममा काम गरेर संकटमा राज्यलाई साथ दिने पर्दा पछाडीका बास्तविक हिरोहरूको अनुहारमा छायाँ पर्छ। ति देखिदैनन, सुनिदैनन। उनिहरूको भागमा सानो प्रोत्साहन, धन्यवाद वा प्रशंसाका दुई शब्द पनि पर्दैनन।
हो मेरो नजरमा नेपाली जनताको नजरमा यो समाजको बास्तविक हिरो चाहि तपाईहरू हो । तपाईहरूप्रति नेपाली जनताको ठूलो सम्मान अरू कसैसंग तुलाना गर्न नसकिने ओजन्दार तक्मा छ ।
संविधान दिवशको अबसरमा यहाँहरूलाई हार्दिक सम्मान र उच्च प्रसंशा गर्न चाहान्छु। धन्यवाद
अनेरास्ववियुको पुर्व अधक्ष्य तथा नेकपा नेत्री सांसद रामकुमारी झाक्रीको सामाजीक सञ्जालबाट लीइएको हो ।




















