_______________ रामप्रसाद रिजाल
ठूलो त्याग संघर्ष र बलिदान बाट मुलुकमा गणतंत्र आएको र संघीय लोकतांत्रिक व्यवस्था हामीका मा कार्यन्वयन को चरणमा छ यो व्यवस्थाले जनताको छोरो मुलुकको सर्वोच्च पदमा आसिन भएको अवस्था छ ! तर पार्टीका नेता र राजनीति दलहरुको व्यवहारको कारणले राजनीतिमा नैतिकता ईमानदारीताको खडे्री परिरहेको छ।
ठूलो त्याग संघर्ष र बलिदान बाट मुलुकमा गणतंत्र आएको र संघीय लोकतांत्रिक व्यवस्था हामीका मा कार्यन्वयन को चरणमा छ यो व्यवस्था ले जनता को छोरो मुलुकको सर्वोच्च पदमा आसिन भएको अवस्था छ ।तर पार्टी का नेता र राजनीति दलहरुको व्यवहार को कारण ले राजनीति मा नैतिकता ईमानदारीता को खडे्री परिरहेको छ ।
जसको कारण दलहरु प्रति वितृष्णा बढीरहेको छ यो व्यवस्था लाई कार्यन्वयन गर्न हामी सबै राजनीतीक्रमी हरुले हाम्रो आचरण मा सुधार गर्नुपर्छ ।जनता का प्रत्यक्ष सरोकार का विषय हरु मा राजनीति पार्टी तिनका नेता कार्यकर्ता र ३ वट्टै तहका सरकार गम्भीर हुन आवश्यक छ। जनता का आधारभूत आवश्यकता हरु गांस बास कपास शिक्षा स्वास्थ्य रोजगार लगाएत विषय हरु मा योजनाबद्ध ढंगले अघि बढ़ी सरकार ले कामको थालनी गर्नुपर्छ राजनीति पार्टी प्रतिको विश्वास लाई डगमगाउन दिनु हूदैन मुलुकमा रहेका विद्यमान समस्याहरु हल गर्न सरकार को कार्यदिशा हुनुपर्छ।
नेता र दल भन्ने वित्तिकै जनता ले हेर्ने दृष्टिकोण सकरात्मक छैन भष्ट र दलाल तस्करहरु लाई राजनीति बाट अलग गरिनुपर्छ राजनीतिलाई व्यवपार हैन समाज सेवाको रूपमा विकास गर्नुपर्छ निर्वाचनको बेला गरिने अनावश्यक खर्चलाई कटौती गर्नुपर्छ। जनतालाई मतदानको बेला खसी बाख्रा गाई भैंसी जसरी खरिद गर्ने परम्पराको अन्त गरिनुपर्छ अनूशाशन हिन कृयाकलापको अन्त गरिनुपर्छ। नातावाद आफ्नतबाद चाकरीबाद गुण्डागर्दी पैसाको दुरुपयोगले शक्तिमाजाने लाभमा पुग्ने परिपाटी नेता मालिक वा शासक र जनता चाहि दास वा सेवक वा रैतिको रूपमा हेरिने संस्कार प्रवृतिको दाह-संस्कारनै गरिनु पर्छ पार्टीमा योग्यता क्षमताको मूल्याकंन हुनुपर्छ।
नेकपा पार्टी अन्य पार्टीबाट नेता कार्यकर्ता आएर विशाल भएको त्यसैले पार्टी प्रवेशलाई व्यापक रुपमा बढाउनु पर्छ ।फरक पार्टीबांट नेकपामा आउनेहरुको योग्यताको मूल्याकंनगर्दे सम्मानित रुपले जिम्मेदारी दिनमा पार्टी नेतृत्वले कन्जुस्याई गर्नुहदैन पार्टी कमिटी प्रणालीलाई बलियो बनाउनु पर्छ पार्टीलाई विधिः पद्धति मा हिडाउनू पर्छ ।निर्वाचन को बेला हालको नेकपा पार्टी ले गरेको वाचा प्रतिज्ञा जनता समझ पुरा गरि जनता को मन जित्न सक्नुपर्छराजनीति पार्टी तिनका नेता र अहिलेको लोकतांत्रिक ब्यवस्था प्रति जनता को आकर्षण बढ़ाउने काम प्रति हामी सबैको ध्यान जाओस यसैमा हामी सबैको कल्याण हुन्छ !
रामप्रसाद रिजाल नेता नेकपा तथा पूर्व केन्द्रीय सहायक प्रवक्ता समाजवादी पार्टी




















