भोजपुर, ५ असोज।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले नेता अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा २५ सदस्यीय भोजपुर जिल्ला कमिटी गठन गरेका छन् ।
सो ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा भोजपुर जिल्ला कमिटी गठन गरिएको हो।कमिटीको उपाध्यक्ष स्नेहा राई, मिलन रणपहेली, सचिव नविन राई ,सहसचिव आर्यमान दाहाल, सुमित्रा तामाङ र कोषाध्यक्षमा सजिना कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा अरुण प्रधान, मौसम राइ ,रिता खड्का ,सावित्रा तामाङ्ग ,भावना कार्की ,अम्बिका कार्की ,संजाल राइ ,माया भुजेल, ठेमदिकी शेर्पा ,बिशाल राई, दिपराज राइ ,निशान खत्री ,दानबहादुर बिक ,महेन्द्र भट्टराई ,बिशाल कार्की ,सुमन राई ,दिनेश तामाङ्ग र राहुल राइ रहेका छन्।
मार्क्सवादको अध्ययन र प्रयोगबाट मात्रै समाजवाद प्राप्त गर्नसकिने र यो अभियानबाट १ नम्बर प्रसदेश भरीका जिल्लाहरुमा असोजको दोश्रो हप्ताभित्र कमिटीहरु निर्माण गरिने र यो अभियानमा बिधार्थिहरु स्वत स्फुर्त सक्रिय रुपमा देखिन थालेको अनेरास्ववियु,पुर्व केन्द्रिय नेता तथा आइसिडीका प्रदेस इन्चार्ज बद्री अर्यालले बताए ।
खासगरी २५ बर्ष उमेरसम्म र उनीहरुको दौतरी समुहका नया पिढिका बिधार्थीहरु जो उच्च माध्यामिक ,स्नातक ,स्नातकोत्तरमा सम्म अध्यन गरीरहेका अनेरास्ववियुमा आस्था राख्ने बिद्यार्थी कमरेडहरुलाई बैचारिक रुपमा नेतृत्वहरु उत्पादन गर्ने उदेश्यले समेत कमिटी निर्माण गरिएको र अनेरास्ववियुका पुर्व नेताहरुबाट आधुनिक प्रबिधिबाट अहिलेको अवस्थामा पनि बेलाबेलामा प्रक्षिण लिइने अनेरास्ववियु भोजपुरका नेता धुर्वराज राईले बताए ।




















