भोजपुर,६ असोज । भोजपुरमा नेपालि  काङ्ग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नेहरुको लहर चलेको छ । यसैक्रममा नेपालि काङ्ग्रेसको पकड इलाका मानिएको अरुण गाउपालिकामा  काङ्ग्रेसका प्रभावसाली ब्याक्तिहरु नेकपामा प्रवेश गरेका छन् ।

119722088_1019526355173126_370010318267714700_n 2

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अरुण गाउ पार्टीको आयोजनामा सोमबार भएको कार्यक्रमा नेपाली  काङ्ग्रेसका ताराबहदुर तमाङ सहित २७ जना नेकपामा भोजपुर,६ असोज । प्रवेश गरेको छन् ।त्यसैगरी अन्य प्र्वेशिहरुमा कालीबहादुर तामाङ्ग,गोबिन्द तामाङ्ग,दिपक तामाङ्ग,प्रेम तामाङ्ग,दिलबहादुर तामाङ्ग,जसबहादुर तामाङ्ग,ज्ञानेन्द्र तामाङ्ग,भरत तामाङ्ग, दिपक तामाङ्ग, बलबहादुर तामाङ्ग, पुष्प दर्जी,सुमन नेपालि,हेमराज परियार,खेम महत,गणेश बिक,दलबहादुर दर्जी ,सबिन थापा,बालकुमार महत ,अर्जुनकुमार राइ,चित्र प्रधान,देब मगर ,केदार बुढाथोकी,बालकुमारी बिक,देबीबहादुर दर्जी,लेखतजंग राइ,लगायत रहेका छन् । नव प्रवेशी ताराबहदुर तमाङ नेपालि काङ्ग्रेसका क्षेत्रीय सभापती पुष्प तामाङ्गको दाइ हुन।

119829676_1681943718647687_1014899123572004785_o

सो गाउपालिकको र्‍याङ्गमा बिगतमा नेपालि  काङ्ग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्थ्यो र त्यस गाउमा काङ्ग्रेसभन्दा अरुले मत पाउनु भनेको निक्कै मुस्किलको कुराहुने नेकपा भोजपुरका नेता शरणकुमार राइले बताए । नेपाली कांग्रेसको कार्यनीति कार्यक्रम अनुसार व्यवहारमा नेतृत्व पतन हुदै गएकोले नेकपा प्रतिको भरोषा राखेर प्रवेश गरेको तामाङले बताए । तामाङको नेतृत्वमा प्रवेश गरेका सवैलाई उचित जिम्मेवारी दिदै संगठनलाई चलायमान बनाउने अरुण गाउँपालिका पार्टीका अध्यक्ष बलभद्र राईले बताए ।

119708307_1956085887860476_1763340169971247965_n

सो गाउबाट नेकपामा प्रवेशको लहरले अरुण गाउपालिकामा काङ्ग्रेसमा ठुलै धक्का लागेको कुरा भोजपुर जिल्लामै चर्चाको बिषय बनेको छ । नव प्रवेशिहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा सांसद सुदन किराति,अतिथि जिल्ला कार्यलय सदस्य तथा संगठन बिभाग प्रमुख शरणकुमार राई,नारायण घिमिरे लगायतले स्वागत गरेका थिए ।

119742071_858861057981244_7830900171541107661_n 119941200_858309744703042_664105050929141775_n 120040267_858309771369706_8712204152360177327_n 119943180_858309848036365_361140422919602438_n