सुनसरी,१० असोज। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुको १ नम्बर प्रदेश कमिटीले पूर्णता पाएको छ ।

सो कमिटीमा रिक्त रहेको जिल्लाहरु ओखलधुङ्गा र सोलुखुम्बु जिल्लाबाट प्रतिनिधित्व भएपछी पूर्णता पाएको हो । आइसिडी को प्रदेश कमिटीको निर्माण गर्न जिम्मा पाएको कमिटीको सनिबारको भर्चुअल बैठकबाट सीता फुयल,कामिनिमा शेर्पा ,किरण निरौला,तेन्जी शेर्पा,रमिला नेपाल,निशान श्रेष्ठ, सुजन तामाङ्गलाइ जिम्मेबारी दिइएको र भुषण पोमु मोरङबाट भुगोल समेट्नेगरी मनोनीत गरिएको  निर्माण कमिटीका प्रमुख बद्री अर्यालले जानकारी दिए ।

सो बैठकले कार्यालय बिभाग  सदस्यहरुमा लक्ष्मण पोखरेल र कमल कार्कीलाई तोकेको छ भने केहि सल्हाकारहरु पनि थप गरेको छ । सल्हाकारहरुमा भक्तकिरण राइ,नवराज नेपाल,लक्ष्मी फुयल,दुष्ययन्त भट्टराई,अंकित थापा ,मोहन न्यौपाने,सुमन कार्की ,शान्ती पाख्रीनलाई थप गरेको हो ।

छैटौ संबिधान दिवसको अवस्वर पारेर गत असोज ३ गते ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा प्रेमराज भारतीको अधक्ष्यतामा ५३ सदस्यीय प्रदेश कमिटी गठन गरिएको थियो । हाल प्रदेश नम्बर १ को १४ ओटा जिल्लाहरु मध्ये बहुसंख्यक जिलाहरु र पालिका कमिटीहरु समेत निर्माण भइसकेको प्रदेश कमिटीका सचिव भिष्म पौडेलले बताए ।

आइसिडीले मार्क्सवादी विचारको अध्ययनमा केन्द्रित कार्यक्रमहरु गर्नेछ भने देशका अन्य समसामयिक क्षेत्रका समस्याहरुलाई पनि उठान गरेर समाधानका लागि प्रयासगर्ने सो कमिटीको प्रमुख सल्हाकार  अनेरास्ववियुको पुर्व सचिवालय सदस्य परमेस्वर घिमिरेले बताए ।