बिराटचोक,११ असोज।जनतालाई परेको समस्यालाई स्थानीय तह टूलुटुलु हेरेर बस्न नसकिने मोरंगको सुन्दरहरैचाका नगर कार्यपालिका सदस्य भक्तकिरण राइले बाताएका छन।
आइतबार अनलाइन सगरमाथा संगको भेटमा जनप्रतिनिधि राईले सो कुरा बताएका हुन।लगातार बर्षाको कारण सुन्दरहरैचा ९ न वडा स्थित बुधबारे बजारमा ढल निकासको समस्या भएको कारण सो समस्याका बारेमा जनप्रतिनिधि संग सोधिएको प्रश्नमा राइले अविरल बर्षाको कारण धेरै क्षेत्रमा डुबानको कारण जनताहरु समस्यामा परेका छन जनताको गाउ बस्ती डुब्न आत्यो भने त्यो बिषयमा नगरपालिका चुपलागेर बस्दैन जहिबाट जुन बजेटबाट भएपनि जनतालाई बचाउने जिम्मा स्थानिय सरकारले लिने कुरापनि ब्याक्त गरे ।
सो समस्याकालागि स्थानिय जनताहरुले संघर्ष समिती पनि निर्माण गरीसकेका छन् नि भन्ने कुराको प्रश्नमा प्रति उत्तर दिदै जनप्रतिनिधि राइले भने" यो बिषयमा जनताले दु:ख पाइराख्नु पर्दैन ,पानि बाढिले गर्दा जनतामा समस्या परेको छ जनजीवन कस्टकर बनेको छ, समस्या ठुलै छ तर त्यो समस्याको सामाधान गर्न संघर्षनै गर्न समितीनै बनाएर दु:ख पाइराख्नु पर्दैन सामान्य रुपमा वडाबाट एउटा सिफारीश लिएर आएमात्र पुग्छ र जुन समस्या छ त्यसको समाधनकोलागी हामि पुरा गर्छौ' भन्ने प्रतिबद्दता राइले गरे ।
आज आइतबार बुधबारे बजार र आसपासका स्थानिय जनताहरुको भेलाले स्थानीय समाजसेवी मिनप्रसाद फ़ुयललेको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिती निर्मार्ण गरेका छन भने सो क्षेत्रमारहेको बुधबारे बजार ब्यावस्थापनको लागी २४ लाख लागतमा डिपिआर समेत तयार भएको बुधबारे बजार ब्यावस्थापन समितीका सहसचिब ऋषि काफ्लेले बताए ।





















