धनकुटा, १३ असोज ।नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटा नगर कमिटिमा मनोनित हुने सदस्यहरुले आज सफत खाएका छन् । एक कार्यक्रमका विच मनोनित १६ जना सदस्यहरुलाई नगरकमिटि अध्यक्ष अर्जुन छाराहाङ्ले सफत खुवाउनु भएको हो ।
कमल थिङ्क,कृष्ण खड्का,भक्त मल्ल ठकुरी,अगम सेर राई,लोकेन्द्र कुमारी रिजाल,तुलसी प्रसाद ढुङ्गाना,सन्देश राई,चौतिशलाल राई,कृष्ण राज राया,ज्ञानेन्द्र घिमिरे ,युवा तिम्सिना,भुपाल घले,शुक्रि राई,चिरञ्जिवि दाहाल,टंक मगर र अस्मिता निरौलाले सफत लिनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा नगरकमिटिको बैठकबाट उहाँहरुलाई मनोनित गरिइएको थियो ।

यस्तै गरी नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरुलाई आजै स्वहि कार्यक्रमका विच स्वागत गराइएको छ । चुनुकुमारी भण्डारी (अनिशा)को १२ जना भन्दा बढिको समुह नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा धनकुटा सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य निरन राई,नगर इन्चार्ज नरेन्द्र पोखे्रल लगाएत नेकपाका शिर्ष नेताहरुद्धरा पार्टी प्रवेश गराइएको हो । व्यक्ति नभई नेकपाको निति ,सिद्धान्त मन परी आफु यसै पार्टीमा सक्रियताका साथ अब अघि बढ्ने उहाँहरुले बताउनु भएको छ ।




















