भक्तपुर,१४ असोज। आइसिडीको देशभरीनै संगठन बिस्तार को क्रममा भक्तपुरमा पनि जिल्ला कमिटी गठन भएको छ। नेपालको पूर्वबाट आइसिडी गठनको अभियान सुरु भएसंगै प्रदेश ननम्बर ३ अन्तर्गत भक्तपुरमा पनि जिल्ला कमिटी गठन भएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले एल.के.दाहालको अधक्ष्यतामा १७ सदस्यीय भक्तपुर जिल्ला कमिटी गठन गरेका छन।

इन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा गठन गरिएको सो कमिटीमा सदस्यहरु नम्रता थापा,उमेश खड्का,सुष्मिता बिशुन्खे ,श्रीकृष्ण थापा ,क्रिशापा श्रेष्ठ ,आदेश बस्नेत ,सुर्य घिसिङ्ग ,प्रदिप थापा, निरज कोइराला,चुडानाथ बास्तोला,अभिषेक देउजा,लक्ष्मण ढुंगेल,आश्विन गिरि ,संसृत अर्याल,प्राश्ना लुइँटेल,सरोज बोहोरा,नबिन श्रेष्ठ रहेका छन।

करीब १ महिना अघिबाट १ नम्बर प्रदेश बाट कमिटीबाट गठन प्रक्रिया शुरुभएको प्रदेश्भरी का बहुसंख्यक जिल्लाहरुमा र पालिका कमिटी समेत निर्माण भएको १ नम्बर प्रदेश इञ्चार्ज बद्री अर्यालले बताए।

सो आइसिडीको मोरंगकोकेराबारी पालिका कमिटीले बृहत प्रशिक्षण कार्यक्रम समेत संचालन गरिसकेको मोरंग अधक्ष्य संगम कन्दंगवाले बताए ।

त्यसैगरी नवगठित भक्तपुर जिल्ला कमिटीलाइ १ नम्बर प्रदेश कमिटीका अधक्ष्य प्रेमराज भारती, सचिव भिष्म पौडेलले बधाई संदेश पठाएका छन ।