सोलुखुम्बु,१४,असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले १ नम्बर प्रदेश कमिटी सदस्य तेन्जी शेर्पाको अगुवाइमा नुरु शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुखुम्बु जिल्ला कमिटी गठन गरेका छन।
इन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा गठन गरिएको सो कमिटीको उपाध्यक्ष क्षितिज राई ,सचिब फुरी शेर्पा सहसचिव फुडोमा शेर्पा, कोषाध्यक्ष किशोर कटुवाल रहेका छन ।
त्यसैगरी सदस्यहरुमा दिवस कान्छा कुलुङ,बिश्वराज तामाङ ,पेम्बा शेर्पा ,आङ छेलिङ शेर्पा ,आशिष बास्तोला, नरेश रसाइली ,मनकुमारी कटुवाल ,मनकुमारी शेर्पा रहेका छ्न ।
जिल्ला कमिटी निर्माण भए पछि पालिका कमिटीहरुलाई पनि गठनमा तिब्रता दिइने आइसिडिको प्रदेशका नेता तेन्जी शेर्पाले बताए ।नव गठित कमिटीका अधक्ष्य नुरु शेर्पा अनेरबियुको सोलुखुम्बु - काठमान्डू सम्पर्क मंचको पुर्व अधक्ष्यहुन।




















