इटहरी,१४ असोज । सुनसरीमा केहिदिन देखि यता बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर चलेको छ । यसै क्रममा  ८० जना युवाहरु नेपालि काङ्ग्रेस लगायत अन्य पार्टीहरु परित्यागगरी नेकपामा प्रवेश गरेका हुन। बुधबार नेकपा सुनसरी जिल्ला पार्टी कार्यलय इनरवामा भएको पार्टी प्रवेश कार्यक्रमबाट मो. इशाद अन्सारीको नेतृत्वमाहरिनगर गाउपालिकाका घुस्की,बसन्तपुर,भुटाहा क्षेत्रका ८० जना पार्टी प्रवेश गरेका हुन् । नवप्रवेश गर्नेहरु नेतृत्व गरेका अन्सारी आइटीका बिज्ञहुन ।

120235010_723917715192775_4532650014600019397_n 1

पार्टीमा प्रवेश गरेकायुवाहरुलाई स्वागत गर्दैहिजोको दिनहरुमा काङ्ग्रेसहरुले प्रजातन्त्रको नाममा भुटाहा,हरीनगारा तिर बुथ लुट्ने काम गर्थे अव ति दिनहरु सकिएको कुरा नेकपा १ नम्बर प्रदेश इन्चार्ज भिम आचार्यले बताए । अव तराई को भुताहाको दक्षिणी क्षेत्रहरुमा कम्युनिष्ट हरुले मात्रै बिकासको मुलाफुटाउन सक्ने कुराको प्रतिबद्दता पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता आचार्यले बताए ।

नेता आचार्य सुनसरीको गाउहरुमा प्रवेश संगै दिनहु सयौको संख्यामा नेकपामा प्रवेश लहरले गर्दा सुनसरीमा खासगरी नेपाली काङ्ग्रेशका नेताहरु अतालिन थालेको हल्ला चल्न सुरु भएको छ ।यस्तै पाराले हो भने हाम्रो पार्टीलाई आचार्यजीले सिध्याउछन जस्तो छ नेपालि काङ्ग्रेश सुनसरीका एकजना जिल्ला स्तरीय नेताले भने । आचार्यलें असोज १० गते नेपाली कांग्रेस परित्याग गरी समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जना नेकपामा प्रवेश गराएका थिए भने असोज १२ गते पनि काङ्ग्रेसका नेता जलाउदिन मिया सहित सयौंको संख्या नेकपामा प्रवेश गराएका थिए ।

नेकपा सुनसरी जिल्ला कमिटीका अधक्ष्य योगेन्द्रप्रशाद मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रम जिल्ला कमिटीका सचिब रमेश बस्नेतले सन्चालन गरेका थिए |कार्यक्रममा अतिथिहरु नेकपा केन्द्रिय सदस्य मह्फुज अन्सारी, नेकपा प्रदेश कमिटी सदस्य निरा आचार्य जिल्ला कमिटी सदस्यहरु नन्द बस्नेत,सम्भु आचार्य,लस्करी अन्सारी,दिलु मिया , मोहन यादव  पर्शुराम यादव र लोकेश निरौला,युवासंघका सहसंयोजक अरुण गुरुङ लगायत रहेका थिए ।

2 sun