अग्नि घिमिरे

किन सम्माननिय प्रधानमन्त्री माथी हरेक कोणबाट निर्मम तरिकाले प्रहार गरिन्छ यस्को सार तत्व के हो ? किन यसो गरिएको हो ? यस्मा अरु कोहि दोषी नै छैनन जस्तो किन गरिन्छ ? देशमा यस्तो महामारी चलिरहेको छ । कसैलाई पदको लोलुपता छ । कसैलाई पुनर्गठन चाहिएको छ ।

मन्त्रीहरूको भ्रष्टाचार र असक्षमता त्यसको अपजसको भागीदार सम्माननिय प्रधानमन्त्री ओली हुने तर मन्त्री कसलाई बनाउने भन्ने कुराको आदेश चाहिँ अमुक अमुक ब्यक्तिले भनेको मानिदिनु पर्ने बढो अचम्मको सस्कार बिकसित भएको छ नेकापामा ! कोहिलाई बाचुन्जेल मन्त्री हुन पाउनु पर्ने नत्र कडो आलोचक भएर बबण्डर मच्चाउनु पर्ने दिग्गजहरु पनि त्यही भित्र छन । मन्त्रीहरु नयाँ अनुहारका देख्नै नपाउने सधै पुरानै अनुहारका भैरहनु पर्ने यो राजनीतिमा कस्तो तोरि लाउरे सस्कार बस्यो ।

पार्टी भित्र चाहे जोसुकै दलाली गुटका मान्छेहरु सत्तामा बसेका हुन या मन्त्रीहरु नै किन नहुन ? गलत गर्नेलाई तुरुन्तै action मा उत्रेर राजिना गर्न लगाउने नदिए बर्खास्त गर्ने त्यसपछी हेरौ देश र जनताको साथ र समर्थन कस्तो हुन्छ । प्रधानमन्त्रीज्यु आट गर्नुहोस न तपाईमा लोभ छ न कुनै अन्य सम्पती सन्चय गर्नु छ । तपाईं प्रती जनताको ठूलो आशा र भरोसा छ त्यसलाई जिवन्त राख्नुहोस । हिजो आज साथ दिएका भनिएका तपाइले साथमा राख्नु भएकाहरुलाई बिदा गरि नयाँ तरिकाले नौलो शैली अपनाई विशाल छाती लिइ बिशिस्टता हासिल गरेका ब्यक्तिहरुको पहिचान गरि सहयोगी बनाउनुस यस्ले राष्ट्र निर्माणमा तपाईलाई महत्वपूर्ण एवं ऐतिहासिक साहसिक ब्यक्तित्व भनेर इतिहासले सधै सलाम गरिरहने छ सम्झिरहने छ ।


अन्तमा:- यो महामारिको कहर लाग्दो समयमा दु:ख बेदना एव कष्ट बेहोरी रहेको अवस्थामा दुखित आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुलाई मल्हम पट्टि लगाउनु भन्दा पनि नुन चुक छर्ने तिर किन सक्रिय छन पार्टीका नयाँ सुत्रधारका नेताहरु ? के सचिवालयमा रहेका नेताहरुको चाहिँ कुनै पदिय दायित्व र जिम्मेवारी नै छैन र किन मन्त्री पदकै लागि लुछाचुडी गरेर बस्नुहुन्छ ? यदि सक्नु हुन्छ भने तेरो मेरो नभनी पार्टीलाई सहि नेतृत्व दिन त्याग गर्नुस । स्वच्छ र निश्पक्ष भै गलत गर्नेलाई राजिनामा माग्नुहोस यो यो बिषयमा तपाईहरुले गलत गर्नुभयो भन्नुहोस तर प्रमाण सहित उपस्थित हुनुहोस ।

त्यसपछी पार्टीलाई सहि ट्रायकमा ल्याउनु होस मेरो सलाम छ तर प्रधानमन्त्रीलाई नै दोषी देखाउन मात्र किन लागि रहनु हुन्छ । यसमा तपाईहरुको कुनै दोष नै छैन तपाइहरु चै कुन ग्रहबाट आउनु भएको होर छिद्र देख्ने बित्तिकै केही समय कुर्न नसकी छिरेर उपल्लो पदमा पुग्नै पर्ने त्यसको सम्पुर्ण जवाफ प्रधानमन्त्रीले दिनुपर्ने । लाज लाग्दैन पार्टी भित्रका बिशिस्ट नेता ज्युहरुलाई। जनताको कठघरामा उभिदा बल्ल थाहा हुनेछ । त्यसैले होस नगुमाउ समयमै सचेत होऔ । जनचाहाना अनुरुप काम गरौ ब्यक्तिगत स्वार्थलाई त्यागौ ?