झापा,१७ असोज

ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) जिल्ला कमिटी झापाले आफ्नो प्रथम बिस्तारित भेला सम्पन्न गरेको छ । झापाको सुरुङ्गा देखि उत्तर भुरुङ्गामा भएको उक्त भेलामा भएको हो । सो भेलामा नेकपाका केन्द्रिय सदस्य रबिन कोइराला ले मार्क्सवादी अध्ययन नै आज को कम्युनिस्ट आन्दोलनलाई सहि बाटोमा अगाडि बढाउने उपाय रहेको बताए ।

Institute of Critical dialogue ,School of Maxism को बारेमा बोल्दै सल्लाहकार समिती सदस्य दुर्गा धमला ले यो नितान्त मार्क्सवादी अध्ययन का लागि बनेको र मार्क्सवाद मा अध्ययन गर्न चाहने जो सुकै यस संस्थामा आवद्द हुन पाउने स्पष्ट पारे ।

उनले थप्दै भने " केही ब्यक्तीहरु मार्क्सवाद अध्ययनलाई बन्द गराउन संगठनात्मक रुपमै लागेगा छन तर युरोपका प्राय सबै पुजीवादी देसमा समेत रोकिन नसकेको मार्क्सवाद अध्ययन यो कम्युनिस्टको लाल जिल्लामा रोक्ने सम्भब छैन।

"कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रबिन कोइराला ,जिल्ला सल्लाहकार समिती संयोजक पर्वत कार्की ,सदस्य दुर्गा धमला ,सदस्य प्रत्युस आजाद राना ,सदस्य संखर थापा तथा १ नं प्रदेस कमिटी सचीब भीष्म पौडेल लगायतले भानाइ राखेकाथिए ।

केही समय मै सैयौ बिद्यार्थी लाई संगठन मा आवद्द गराएर यो संस्था अहिले निकै चर्चामा छ । सागर योङहाङ लिम्बू को अध्यक्षतामा भएको सो भेलामा ६० जना जति नेता कार्यकर्तासहभागी भएका थिए । उक्त भेलाको कार्यक्रम संचालन जिल्ला कमिटी सचिब निरोज थापाले गरेका थिए ।