तेह्रथुम,१७,असोज
तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य सहित सयौको संख्यामा नेपालि काङ्ग्रेस परित्यागगरी नेकपामा प्रवेश गरेका छन् ।
नेकपा लालिगुराँस नगर कमिटिको विस्तारित पुर्ण बैठकको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तेह्रथुम अध्यक्ष ललितबहादुर सोदेम्बा, लगायत नेपाली कांग्रेस परित्याग गरि १०० भन्दा बढि नेकपामा प्रवेश गरेका छन् ।
सनिबार भएको कार्यक्रमबाट पार्टी प्रवेश गरेका नव प्रवेशिहरुलाई लाई नेकपा तेह्रथुम जिल्ला कमिटि अध्यक्ष एवं प्रदेश सभा सदस्य माननिय लक्ष्मण तिवारीले टिका खादा लगाई स्वागत गरेका थिए ।





















