चुनाब आउन करिब २ बर्ष बांकी हुॅदै गर्दा म्याग्दीमा भने राजनितिक दलहरुमा राजनितिक सरगर्मी ह्वात्तै बढेर गएको छ ।लामो समय देखी गाॅउमा राजनितिक दलहरुको कुनै पनि उपस्थिति नदेखिएको म्याग्दीमा आज भोली गाॅउ गाॅउमा पनि दैनिक जसो पार्टीका बैठर र भेलाहरु हुॅदै आएका छन। काॅग्रेस र नेकपाको बिचमा दैनिक जसो एक अर्काको कार्यकर्ता आफ्नो पक्षमा तान्ने होडबाजी चलेको छ।
यसै बिच आज बेनीमा आयोजित एक कार्यक्रममा नपाल काॅग्रेस परित्याग गरी म्याग्दीको रघुगंगा गाॅउपालिकाबाट काॅग्रेसका स्थानिय नेताहरु रेश बहादुर बिक र साजन फगामीको नेतृत्वमा करिब ५२ जना नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका हुन।नब प्रबेशीहरुलाई नेकपा केन्द्रिय सदस्य तथा सासंद भुपेन्द्र थापा,जिल्ला अध्यक्ष गोबिन्द पौडेल(प्रबिण) लगाएतले खादा र अबिर लगाएर स्वागत गर्नु भएको थियो।
अघिल्लो स्थानिय निर्बाचनमा गाॅउपालिकाको अधिकाश वडा र गाॅउपालिका नै कांग्रेसले जितेको उक्त गाॅउपालिका जिल्ला मा काॅग्रेसको पकेट एरिया मानिन्थ्यो यसैले यहि क्षेत्रबाट यति ठुलो संख्यामा नेता कार्यकर्ता नेकपा प्रबेश गर्नुलाई अर्थपुर्ण ढंगले लिईएको छ।




















